यता प्रचण्डको संम्वोधन,उता पारस शाहको जयजयकार

संयोग नै मान्नुपर्ला,प्रधानमन्त्री निर्वाचित भएको महिना दिन पछाडि प्रधानमन्त्री प्रचण्ड देशबासीको नाममा सम्बोधन गर्दै थिए । ठीक उही समयमा पवित्र धार्मिक तिर्थस्थल दक्षिणकालीमा भने अरु समयको भन्दा नितान्त फरक दृश्य देखिदैथियो ।
ललितपूरको सुनाकोठी देखि दक्षिणकाली मन्दिर परिसरसम्म मोटरसाइकलको र्याली थियो । त्यहाँ कसैको जयजयकार गर्दै थिए यूवाहरुको जमात ।
यता प्रधानमन्त्री प्रचण्डले देशबासीको नाममा सम्बोधन गर्दै गर्दा उता पूर्वयुवराज पारस विर विक्रम शाहको जयजयकार भइरहेको थियो ।

पूर्वयुवराज शाह दक्षिणकाली जाँदै गर्दा उनका शुभचिन्तकले बाइक र्‍याली गरेका थिए । शुभचिन्तकहरुले ‘पारस सरकार जिन्दावाद’, ‘पूर्वराजधिराज सरकारको जय होस्’ ‘राजा आउ देश बजाउ’ जस्ता नारा लगाएका थिए ।

parsh

पारस पछिल्लो समय धार्मिक क्रियाकलापमा व्यस्त छन् । उनी यसअघि सुदुरपश्चिमको खप्तड क्षेत्रको पनि भ्रमण गरेका थिए । करिब ५ वर्षसम्म उनी थाइल्याण्डमा थिए । त्यहाँ उनलाई थाइ प्रहरीले लागुऔषध सहित पक्राउ गरेपछि उनलाई पूर्वराजपरिवारले ठूलो रकम धरौटी दिएर मुक्त गराएको थियो ।

पूर्वयुवराज पारस शाहले ग्रहशान्ति गरेका छन् । बिहीबार अपरान्ह दक्षिणकाली मन्दिरमा उनले ग्रह शान्तिका लागि विशेष पूजा गरेका हुंन् । पूर्वयुवराज पूजाआजाका लागि मन्दिर आएपछि पूजारी भावुक बनेका थिए । पारसलाई हेर्नका लागि मन्दिर परिषरमा घुँइचो लागेको थियो ।

नेपाल फर्केपनि उनी परिवारका साथमा बस्दैनन् । ललितपुरको सुनाकोटीमा बस्दै आएका छन् । उनी सामान्य जीबनमा फर्कने प्रयासमा रहेको बताइन्छ । नेपाल आएपछि उनको स्वास्थ्यमा सुधार देखिएको र जीबनयापनपनि सामान्य बन्दै गएको निकट स्रोतको दाबी छ ।

3 Comments

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice