bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/09/32418 ) ) )

अबैधानिक चन्द्रागिरी केवलकारमा एमाले नेताहरु पत्नीसहित सयर, अध्यक्ष ओली पनि सररर

काठमाडौं । राज्यलाई राजश्व ठग्न दर्ता नै नगरी चलाइएको चन्द्रागिरी केवलकारमा सञ्चालक चन्द्र ढकालले बुधबार अर्काे ताण्डप गरेका छन् । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौतम, भीम रावल लगाएतका प्रभावशाली नेताहरुलाई अबैध रुपमा सञ्चालित केबुलकारमा सयर गराइएको छ ।

चन्द्रागिरी  केवलकारमा  ग्वोलवल आइमई बैंकका चन्द्र ढकाल, सार्वजानिक जग्गा हडप्दै सुपरमार्केट ढडाउदै आएका भाटभेटनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, काठमाडौ फन भ्यालीका लगानीकर्ता  अम्विका श्रेष्ठहरुको लगानी रहेको छ । उनीहरुले राज्यलाई ठग्न केवुलकार दर्ता समेत गरेका छैनन् । अबैधरुपमा सञ्चालन गरिएको केबुलकारमा पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, एमालेका उच्च नेता र उनीहरुका पत्नीलाई सयर गराएका छन् । उनीहरुसँग दर्जनौ पत्रकारहरुलाई पनि केबुलकारमा सयर गराइएको छ ।

केबुलकारको प्रचार गर्न र अबैध धन्दालाई बैधानिकता दिलाउन ढकाल र गुरुङले पूर्वप्रधानमन्त्री, गृहमन्त्री र पत्रकारहरुलाई घुमाउरो पारामा प्रयोग गरे । केबुलकारमा सयर गर्ने नेतादेखि पत्रकारसम्म अन्जानमै गैरकानुन धन्दाको साक्षी बनेका छन् । चन्द्रागिरी डाँडामा दर्ता र इजाजतविना सञ्चालन गरिएको केबुलकारलाई बैधानिकता दिलाउन ढकाल र गुरुङले बुधबार यस्तो ताण्डप गरेका हुन् ।

‘चन्द्रागिरी केवलकार विना दर्ता र अनुमति सञ्चालनमा आएको छ’ नगरपालिका स्रोतले भन्यो ‘अबैध धन्दालाई बैधानिकता दिन एमाले नेता र पत्रकारहरुलाई सयर गराइएको छ ।’ दर्ता विना नै सञ्चालनमा आएको केवलकारको स्थानीयले विरोध गर्दै आएका छन् । ‘तरपनि ढकालले शक्तिको आडमा गैरकानुनीरुपमा केवुलकार सञ्चालन गरिरहेका छन्’ स्थानीय देवेन्द्रमान प्रधानले बताए  ।

केबुलकार अबैधानिक मात्र नभई असुरक्षित भएको भन्दै स्थानीय एमाले नेता कार्यकर्ताले निरन्तर विरोध गरिरहेका छन् । एमालेका स्थानीय नेता कार्यकर्तालाई देखाउन पार्टीका केन्द्रीय अध्यक्ष, उपाध्यक्ष, सचिवलाई एकै पटक ढकालले केवुलकारमा सयर गराएको प्रधानले बताए ।

मनकामना केवुलकारकै नक्कल गरी सञ्चालनमा ल्याइएको चन्द्रागिरी केवलकार शुक्रवार मध्यान्ह ४० मिनेट बन्द भएको थियो । केबुलकारमा चडेका अधिकाँस ब्यक्तिहरु हतासिएका थिए । कतिपय बालकालिकाहरु आत्तिएर रुन पनि थालेका थिए । चन्द्रागिरी केबुलकार असुरक्षित भएको समाचार बाहिर आएपछि ढकालले दर्जनौ पत्रकार बोकि नेतासँग चन्द्रागिरी पुरयाएका थिए । 3 netta sayar

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice