लाजिम्पाटमा भित्राउन नसकेकी एउटा छोराकी तेस्रो बुहारी प्रचण्डले बालुवाटारमा भित्राए

काठमाडौं । शिर्जना त्रिपाठीसँग सम्बन्ध बिच्छेद नै नगरी छोरा प्रकाश दाहालले अर्की पत्नी विवाह गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झण्डै चार बर्षसम्म लाजिम्पाट निवासमा भित्राएनन् । तर प्रधानमन्त्री भएपछि दाहालले छोरा प्रकाशको तेस्रो विवाहलाई मान्यता दिँदै सरकारी निवास बालुवाटारमा भित्राएका छन् ।

प्रचण्ड निवास लाजिम्पाटमा छिर्न नपाएकी प्रकाश पत्नी विना मगगर बालुवाटारमा भित्राइएकी छिन् । त्रिपाठीसँग कानुनीरुपमा सम्बन्ध बिच्छेद नै भएको छैन । नेपालको कानुन अनुसार दुई पत्नी राख्न नपाउने प्रावधान छ । तर देशकै प्रधानमन्त्री दाहालले छोरा प्रकाशलाई दुई पत्नीको पति हुने अधिकार प्रदान गरेको दृष्टीले उल्लेख गरेको छ ।

प्रचण्ड पुत्र प्रकाशको पहिलो विवाह माओवादी नेता स्वर्गीय पोष्टबहादुर बोगटीकी छोरी प्रभासँग भएको थियो । उनीसँग सम्बन्ध बिच्छेद भएपछि प्रकाशले शिर्जना त्रिपाठीलाई दोस्रो पत्नी बनाएका थिए । उनीबाट छोरा समेत छ । छोरासहित की पत्नीलाई अलपत्र पारेर प्रकाशले अर्काकी पत्नी विना मगरसँग भागी विवाह गरेका थिए । तर विनालाई प्रचण्डले निवास लाजिम्पाटमा भित्राएका थिएनन् । लाजिम्पाटमा बस्न नपाएपछि प्रकाशले सिभिल अपार्टमेन्ट ललितपुरमा विनालाई राख्दै आएका थिए । पछिल्लो समय उनलाई सरकारी निवास बालुवाटारमा भित्राइएको छ ।

3 Comments
  1. यदि यो कुरा सत्य हो भने तत्काल कानुनको दाइरामा ल्याउनु पर्छ I अपराधीलाई छोड्नु हुन्न

  2. “छोरासहितकी पत्नीलाई अलपत्र पारेर प्रकाशले अर्काकी पत्नी विना मगरसँग भागी विवाह गरेका थिए ।”ho ra?

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice