bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/09/32166 ) ) )

विद्यालय छोडेर माछा मार्न जान्छन् विद्यार्थी

खोटाङ । जिल्लाको उत्तरी गाविस जलेश्वरी–४ बतासेका १५ वर्षीय ज्ञानबहादुर राई दैनिकजसो दूधकोसी किनारमा माछा मारिरहेका हुन्छन् । स्थानीय सिम्ले माविमा कक्षा–७ पढ्दापढ्दै विद्यालय छाडेका ज्ञानबहादुर गाउँकै साथीहरुसँग जाल, तियारी, भेले र झरौला बोकेर नदीमा माछा मार्दै हिँड्छन् ।

गाउँ नजिकै रहेको विद्यालयमा अध्ययनअध्यापन भइरहँदा सोही गाउँका १८ वर्षीय सुजन राई र १७ वर्षीय तारा राई पनि ज्ञानबहादुरसँगै दूधकोसीमा माछा मार्न गड्तिरमा घुमिरहेका हुन्छन् । दिउँसो विद्यालयमा पढ्नुपर्ने समयमा उनीहरु नदीमा माछाको खेवा खोज्दै तियारी, भेले थापिरहेका हुन्छन् । साँझ परेपछि पासो उठाउँछन्, अल्झिएको माछा सङ्कलन गर्छन् । अनि आलै बिक्री गर्छन् । उनीहरु माछा मार्नकै लागि गाउँभन्दा एक घन्टा तल दूधकोसी किनारमा पर्ने ओडारमा हप्ता दिनसम्म बास नै बस्ने गरेका छन् ।

बतासेका अधिकांश विद्यालय उमेरका बालबालिका कापी, कलम, पोसाक किन्ने खर्च जुटाउने बहाना बनाएर नदीमा माछा मार्न जाने गरेका छन् । सुदूरउत्तरमा पर्ने जलेश्वरी सोलुखुम्बुसँग जोडिएको गाविस हो । पढे पनि रोजगारीको ग्यारेन्टी नभएकाले पढाइलाई बिट मारेको नदी किनारमा भेटिएका ताराले बताए । “पढे पनि जागीर पाइन्छ भन्ने टुङ्गो छैन”, उनले भने, “त्यही भएर पढाइ छाडियो ।”

कतिपयले घरको आर्थिकस्तर कमजोर भएका कारण पनि पढाइलाई निरन्तरता दिन नसकेको बताएका छन् । सुजन र ताराले कक्षा–९ पढ्दापढ्दै कक्षा छाडेका हुन् । स्थानीयवासीका अनुसार माछा मार्नका लागि दैनिकजसो १०/१२ जना बालबालिका ओढ्ने, ओछ्याउने, खाना, खाजा बोकेर नदी जाने गरेका छन् । बर्सेनि यो सङ्ख्या बढ्दो रहेकाले चिन्ताको विषय बनेको स्थानीय सिम्ले मावि जलेश्वरीका प्रधानाध्यापक नीरकुमार कट्टेलले बताएका छन् । प्रअ कट्टेलका अनुसार कक्षा ९ र १० मा पढ्दापढ्दै विद्यालय छाड्ने छात्रको समूह बढी माछामा अलमलिने गरेका छन् ।
नदीमा उनीहरुले दैनिक पाँच/छ केजी माछा मार्ने गरेका छन् । मारिएको माछा जलेश्वरी, महेश्वरी, एँेसेलुखर्कबाहेक सोलुखुम्बुको पञ्चन लगायतका गाउँमा खपत हुने गरेको छ । यसबाहेक नदी किनार हुँदै ओहोरदोहोर गर्ने बटुवाले समेत किन्ने गरेका छन् ।

आफूले मारेको माछा बिक्री गर्दा मासिक २०/२२ हजार हात लाग्ने गरेको उनीहरु बताउँछन् । माछा बिक्री गरेर आएको आम्दानीबाट घरमा नुनतेल, मासु खाने पैसा समेत जुटाउने गरिएको सुजनले बताए । दूधकोसीमा पाइने माछा अन्य नदीको भन्दा स्वादिलो रहेको उपभोक्ताले बताएका छन् । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice