bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/09/32162 ) ) )

सरकारले विभत्सपूर्ण कैलाली घटनाका अभियुक्तको मुद्दा फिर्ता लिने तयारी थालेपछि प्रहरीको कडा आपत्ति

काठमाडौं । विभत्सपूर्ण कैलाली घटनाका आरोपीदेखि घाइते प्रहरी हवल्दारलाई एम्बुलेन्सबाट थुतेर हत्या गर्ने अपराधीसम्मको मुद्दा फिर्ता लिन मधेस मोर्चाले पेश गरेको सुचिप्रति प्रहरी प्रधान कार्यालयले आपत्ति जनाएको छ । मधेसी मोर्चाले आन्दोलनका क्रममा मुद्दा लागेका ४ सय ९१ जनाको मुद्दा फिर्ता लिन गृहमन्त्रालयमा सुचि बुझाएको छ ।
मधेसी मोर्चाले सुचि बुझाए लगतै गृहमन्त्रालयले आरोपीको पहिचान गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेपछि प्रहरी प्रधान कार्यालयले आपत्ति जनाएको हो । आन्दोलनका नाममा गम्भिर अपराध गर्ने अपराधीको मुद्दा फिर्ता लिँदा भविश्यमा अपराध रोक्न नसकिने चेतावनी प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयलाई दिएको छ ।
कैलाली घटनामा नेपाल प्रहरीका एसएसपीसहित ७ प्रहरीको हत्या भएको थियो । भने सप्तरीमा घाइते प्रहरी हवल्दारलाई एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । यस्ता जघन्य अपराधका मुद्दा फिर्ता लिने कार्य अगाडी नबढाउन प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयलाई आग्रह गरेको स्रोतले बताएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधि मधेसी मोर्चालाई फकाउन जघन्य अपराधीलाई उन्मुक्ति दिने पक्षमा छन् । मधेसी मोर्चाले पेश गरेका ४ सय ९१ मुद्दा दुई चरणमा फिर्ता लिने तयारी सरकारले गरेपछि प्रहरी प्रधान कार्यालयले असहमति जनाएको हो ।
मधेसी मोर्चाको आन्दोलनका क्रममा भएको क्षति र सत्य तथ्य छानविन गर्न सरकारले सर्वाेच्च अदालतका पुर्वन्यायाधीश ताहिर अलि अन्सारीको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले आफ्नो प्रतिवेदन नबुझाउँदै सरकारले मुद्दा फिर्ताको तयारी थालेपछि मानवअधिकारबादी संस्थाहरुले पनि आपत्ति जनाइरहेका छन् ।
मधेसी मोर्चाले आन्दोलन सुरु गर्नु पुर्व आन्दोलनमा मारिए ५० लाख क्षतिपूर्ति दिने निर्णय समेत गरेका थिए ।

20 Comments
  1. 20सौं हजारको ज्यान लिएर त मुद्धा फिर्ता गराई दिए प्रचण्डले तित जाबो 8 /10 जना प्रहरी त हुन ।त्योत उनका लागि सामान्य काम हो।न गरेर पनि के गरून आफ्नै दुतहरू मुछिने भए अनि दण्डहिन्ता पनि नरहे पछी अरूको ज्यान लिन पनि गाह्रो पर्ला।

    1. Law and order k PM ra groha mantriko pewa ho ra
      Ani k prahari sautaka chhora ra nachahindo mag rakhi janatalayi nakabandi khepayi bhok bhokai marna khojne madhesi haru aaphni aama pattika pareki kaso ?

  2. हत्यारा नाईकेले त देश चलाएको छ कोले गर्ने कार्वाई ? कसरी चल्छ सुशासन ? सुरक्षा फौजले आफैतिर सतरकता अप्नाउन जरुरी छ. / जय नेपाल

  3. बास्तबिक छान बिन गरेर मात्र सर्कारको कुरा सुन्नु पर्छ हामी छौ प्रहरीको साथमा !!

  4. नेपालकाे इतिहासमा युद्धकाे नाममा अान्दाेलन गर्ने नाजायज मागराखी अाफ्नाे निहित स्वार्थ पूरा गर्न साेझासाझा जनतालार्इ उक्साएर बलीकाे बाेकाे बनार्इ सहिदकाे बिल्ला भिराइ परिवारलार्इ सधैंकालागी बसहारा बनाउने र उनैकाेनाममा सरकारसंग माेलताेल गर्ने प्रवृतीले देशमा अराजकता,दण्डहिनता,इमान्दार राष्ट्रसेवक कर्मचारीमा नैराश्यता,जस्ता विकृतीहरू घटने हाेर्इन बढने निश्चित छ ।सबैनागरिकहरू बेलैमा सचेत बनाै ।

  5. अपराधिहरुको झुण्डको नाइके नै सरकारको बागडोर सम्हाल्ने ठाउमा भएसी सो थलोबाट जनताले न्याय पाउलान, राज्य अपराध-पूर्ण कार्यबाट मुक्त हुनेछ, शान्ति, अमन चयनले गति लिनेछ भनेर आशा भरोसा राखनु चैत्र बैसाख महिनामा काकाकुल चरो आकासबाट बर्सिने पानिको पर्खाइमा तड्पे जस्तै हो अब नेपाल मा …!

  6. यक सुरक्षाकर्मी,यक हतियार र यक हतकडि प्रथाको मार्ग अपनायर सम्पुर्ण सुरक्षा जिम्मा र कानून सेना र प्रहरिले लिनु पर्छ र कुनै अन्डर यश.यल.सि.मन्त्री र मन्त्रालयको अन्तर्गत रहनु हुदैन ।अनि बल्ल कानुनको पालना हुन्छ ।

  7. उ एकजनामात्र दोषी छैन । उनका मतियार कांगरेस पनि धेरै दोषी छ । प्रचण्डे त अाफुलाइ लागेको मुद्दामा अाममाफि पाउन नजिरहरू बनाउन उद्यत रहन्छ नै । बिगतका अपराध माफि घोषणा गराउन महान अपराधी देश भारतको मुख ताकिरहेको जानकारी नै होला, हैन र ?

  8. यो वा त्यो नाममा एक सच्चा राष्ट्र सेवकको हत्यामा संलग्नलाई माफिको त के कुरा थप सजाय हुनु पर्छ। यदि कसैले माफि दिने सोचेको छ भने त्यो कुरा आम नेपालिलाई सह्य छैन।सबैलाई चेतना भया।

  9. आज मात्र जो मुख्य योजनाकार को अन्तरबार्ता हेरेको थिए उस्ले पनि भन्दै थियो मुद्दा फिर्ता हुन्छ!यस अर्थमा बोलेको रैछ!यस्ता खाले अपराध लाई दण्डहिनता गर्ने हो भने भोलि राजनीतिक आडमा जस्ले जे गरे पनि हुने परिपाटी बस्नेछ!चेतना होस सम्बन्धित मान्छे हरु लाइ!

  10. Yo desh hamro ho kasaiko bauko pewa hoina rajniti Le deshko bikash po garne ho Tara nepalma rajnitilai yeauta ramro business Ko rupma establish garya6n neta harule so afno faida Ko lagi they can do anything ra hami Nepali pani murkha 6u yesto abastama kunai partygat hisab Le hoina Nepali bhayeko karan eak jut bhayera andolanma utrana par6

  11. marne belama kamilako pakheta aauxa vaneko sahi rahexa , ab congresh ra maubadi ko tyehi halat dekhidai xa . Rastraghatihairu .

  12. rajanitik sahamatiko nama ma jepani nagariyos. aparadhilai unmuktidinekam bandahos. hijo aparadh garekoma paschatap garnuvanda aparadhile sir uthayar jiune batabaran nabanaos sarkarle.

  13. माओबादिको जनयुद्द को औचित्य पुष्टि नभई रहेको बखत , यो मुद्दा फिर्ताले मुलुकमा शान्ति स्थापनाको सम्भावना समेत खतरामा पर्दछ र माओबादी केन्द्र का अधक्ष्य प्रधान मन्त्रि पुष्प कमल दाहाल सत्ता को लागि अपराध लाइ सहयोगी बनाउनु पर्छ भन्ने मान्यता राख्दछन l वहाँ ले ब्यक्त गर्नु भए जस्तो शान्ति प्रक्रिया लाइ निष्कर्समा पुर्याउने नभएर अपराध लाइ महत्व दिने र संस्था गत गर्ने बिषयमा वहाँ को सक्रियता प्रमाणित हुनेछ l जघन्य अपराधी लाइ सरकार ले नै छुट दिन्छ भने प्रहरी यो मुलुकमा किन र के का लागि राखनु पर्यो ? अपराध नियन्त्रण कानुन किन चाहियो ?

  14. राष्ट सेबक कर्मचारी प्र.म. र गिर्य मन्त्रि को छोरा छोरी भयको भय र कैलाली घटना मा परेको भय के यो सरकार ले यस्तो निणर्य लिन सक्थियो? निमुखा जनता का छोरा छोरी जसले दिन रात देश र जनता कोसेवा र शान्ति सुरक्षा गर्ने को …….निर्मम हत्या गर्ने हत्यारा लाइउन्मुक्ति दिन मुद्दा नै फिर्ता लिने भन्ने कहाँ सम्म को सहि हो । त्यो ठाउँ मा तपाईं बसेर सोच्नुस त । सरकार टिकाउन ……..

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice