तरुण दलको जिल्ला सचिवमा मेरो उम्मेद्धारी किन ?

कांग्रेस पार्टीको सशक्त भातृ संगठन तरुणदल चुनावी रन्कोमा छ । तरुण दलको महाधिवेशनको टुंगो असोज ३ गते देखि ५ गतेसम्मलाई तय गरिएको  तरुण दलको क्षेत्र र जिल्लाको निर्वाचन भइरहेको छन । यसैबीच नुवाकोट जिल्लाबाट तरुण दलको सचिव पदका प्रत्यासीका रुपमा चुनावी मैदनमा खडा भएका  सुमन गिरी
समतामुलक समाज निर्माणको यात्रामा होमिएका एक कर्मवीर  गिरी सशक्त जुझारु र गतिशिल कांग्रेस निर्माणका अभियानमा होमिएको पन्ध्र वर्ष बितिसकेको छ । यस अगाडि नुवाकोट क्षेत्र नं. २ बाट क्षेत्रीय सभापतिको तयारी गरिरहेका थिए  उनी ।
तर, पार्टीका केन्द्रीय भूमिकामा रहेका नेताहरुले उनको योगदानको कदर साहस,क्षमताका आधरमा जिल्ला सचिवमा लड्न सुझाव र सल्लाह दिएसँगै उनी यही भाद्र २२ र २३ गते हुन लागिरहेको नुवाकोट जिल्ला अधिवेशनमा सचिवको मैदानमा भीड्दैछन ।   अर्थात बुवा र अंकल उमेरकासँग जोश जाँगरले भरिएका यूवा चुनावी मैदानमा उत्रिएका छन ।

उनलाई जिल्लाका शीर्षस्थ नेताहरुको आर्शिवाद समेत छ । उनीहरुको सल्लाह र सुझाव बमोजिम गिरी तरुण दलको जिल्ला सचिवमा भीड्न लागेका हुन ।  ‘तरुण दलको माग र जिल्लाको नेताहरुको आग्रहकै आधारमा म जिल्ला सचिवमा लड्न लागेको हुँ ’ उनले भने ।
गिरी नेपाली कांग्रेस हल्देकालिका सम्पर्क समितिको सचिव समेत हुन । पार्टीको कर्ममा निरन्तर होमिएका गिरीले एसकाठमाडौं डटकमसँग आफ्नो एजेण्डा सुनाउदै भने ‘ सबै भन्दा पहिले भद्गोल अवस्थामा रहेको नेपाल तरुण दललाई एकिकृत गर्ने, जिल्ला, क्षेत्रीय, गाँउ, वडा कमिटीहरुको विस्तार गर्ने आफ्नो पहिलो एजेण्डा रहेको गिरी सुँनाउछन ।
त्यस्तै, विभिन्न परिस्थितिले गर्दा बिदेश पालाएन भएका युवाहरुलाई बिदेशबाट स्वदेश फर्काउन पहल गर्ने र स्वदेशमै रोजगारीको वातावरण श्रृजना गर्न सरकारलाई झकझकाउने अभियानमा छन गिरी ।नेपाल सरकारले जिल्ला जिल्लामा पठाएका रकमको सदुपयोग हुन नसकेको प्रति उनी खिन्न छ । यसरी जिल्ला जिल्लामा पठाइएका रकम राजनीतिक दलका नेताहरुले बाँडीचूडी खाने परम्परा अन्त्य गर्ने आफू कम्मर कस्सेर लाग्ने गिरीको अर्काे योजना रहेको छ ।
‘विकासमा होमिदा टाउको फुटाए’

 

rammmm
यस अगाडि हल्देकालिका गाँउविकास समितिमा रहेका एउटा विद्यालयको व्यवस्थापन समिति अध्यक्ष समेत रहे उनी । सुनाँउछन ‘ उक्त विद्यालयको व्यवस्थापन सम्हाल्दा विकास निर्माणका काममा यसरी होमिएकि त्यहाँ भएको विकास निर्माण देखेर कम्युनिष्ट भनिएकाहरुको मुटुमा जोडले ढ्याङग्रो बज्यो ।’विकास निर्माणको काममा होमिएकै कारण उनीमाथि केही कम्युनिष्ट साथीहरुले आक्रमण गरेको उनको दावी छ । आक्रमणमा परी घाइते समेत भएका गिरी अठार दिनसम्म आइसियूमा बसेर त्यहाँबाट तग्रिंए । तर उनी आफ्नो राजनीतिक यात्राबाट विचलित भएनन ।

मतदातासँग आग्रह
गाँउ जिल्लामा विकास निर्माणको काममा निरन्तर खटिरहेका गिरी आफ्नो मतदाताहरुसँग अपिल गर्दै भन्छन‘तरुण दलमा हाम्रो मान्छे भन्दा राम्रो मान्छे ल्याउनुपर्दछ ।’पार्टी र संगठनमा यूवा नेतृत्वले प्रवेश पाउनुपर्दछ । यूवाहरुलाई पार्टीमा अगाडि ल्याउनका लागि समेत आफ्नो उम्मेद्धारी रहने गिरी बताँउछन ।

तरुण दलका मतदाताहरुलाई हाम्रा नभई राम्रो नेतृत्व छान्न उनको आग्रह छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice