bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/09/32015 ) ) )

अर्धनग्न नर्तकी अप्सराहरु !

मैले कुनै धर्म लिएकी छैन । धर्म नलिनु भनेको धर्म नत्याग्नु हो । म जन्म जात हिन्दू हूँ। मैले मेरो धर्म त्यागेको छैन। अठासी हजार ऋषीमुनीहरु ,तेतिसकोटी देवताहरु,माहाभारतका कौरव ,पाण्डव र चर्चित देवताहरु नाङ्गा गरिव शिव र उनकी सती जो तीन जन्म उनकै मात्र भईन सती र साबित्री ,पार्वती र गोमा । फेरि एउटै दरबारमा पाँच पाण्डवकी एक द्रौपदी अनि एउटा राजाका हजारौ रानीहरु ,पाँच पाण्डवका पनि द्रौपदी वाहेकका निजी रानीहरु । किष्णका अठार सय गोपीहरु र उनीहरुको चीरहरण अनि नाङ्गोपन।

kabita
लेखक कविता केशरी

आदर्श राजा रामचन्द्र ,लङ्का पुर्याएकै भरमा पर पुरुषसँग रमाएको आरोप लगाएर रामचन्द्रबाट त्यागिएकी सिता। स्वर्ग र त्यहाँका राजा ईन्द्र ,सुखभोगका लागि असुरहरुसँगको लडाइँ ।अनि प्रेमको लागि अर्ध नग्न भेषभुसाले सिंगारीएका नर्तकी अपसराहरु। शिव भगवानसँग जोडिएको आजको तिज पर्व र यो पर्वको कथित भड्किलोपन ,नारी उसको खानपिन र भेषभुसा ईतिहासकै निरन्तरता हो ।

नारी रुपहरु ईतिहास देखिनै मनोरञ्जनको रुपमा प्रयोग गरिएका र सौन्दर्य चर्चा भएका विषय हुन्। यस्तो चरित्रको पूर्वीय दर्शनलाई ईश्वरको रुपमा आज हामी पूजा गरिरहेका छौ । किन त ? वास्तवमा हामी भित्र जस्ता ब्यबहारहरु भए पनि हामी एउटा आर्य समाजको धरातलबाट सामाजिक सभ्यता खोजिरहेका छौ । सभ्यता आचरणसँग जोडिन्छ। आचरण निर्माणको लागि धार्मिक गतिबिधिले ठुलो सहयोग गरेका छन् । त्यहाँ नारीको ठूलो भुमिका छ । ईश्वर भनेको माथिको सबै चरित्र होइन ।

एउटा अदृश्य शक्ति हो जसको हामी सबैले प्रार्थना गर्छौ । जुन प्रार्थनाभित्र नारी पनि सँगै आउँछे। रोजाई र चर्चाको विषय बन्छे । अरु भन्नु पर्दा ईश्वर भनेको एउटा आफू सूत्ने कोठाको भित्तामा ठोकिएको काँटी हो ,जहाँ लगेर एउटा सट झुन्डाए जस्तै आफ्नो मन लगेर ईश्बरको नाममा झुन्डाईन्छ।अनि विभिन्न शैलीले नारीको नाममा पनि झुन्डाईन्छ। सम्पूर्ण धर्म र सुखका तरेलीहरु न कसैले दिने हो न कसैले लिने हो हाम्रा आफ्नै मनसँग र नारी पुरुषको अन्तर सम्बन्धसँग सम्बन्धीत छन्।

सामाजिक सभ्यताका लागि युग सुहाउँदो ब्यबहार सबैले गर्छन र गर्नु पनि पर्छ । युगौ देखिको पौराणिक तथा धार्मिक इतिहासलाई मनन गर्दा नारीका लागि पुरुष र पुरुषका लागि नारी चर्चाकै विषय हुन्। किचक, रावण,वली दानबहरुले नारीकै लागि आफ्नो मरण वरण गरेको इतिहास छ ।यसै गरी नारी पनि अन्त्यमा पुरुषमै समर्पित छन्। समसामयिक तिज र यसका नारीहरुका विषयमा गरिएका टिपपणीहरु भनेको इतिहासको निरन्तरता हो। कुनै न कुनै रुपले र तरिकाले नारी चर्चा गर्ने प्रचलनलाई निरन्तरता दिईन्छ यहाँ।यदि अदिकाल देखिकै सस्टि र सभ्यताले यही खोज्दो छ भने किन नकारात्मक सोचले कुनै कुरालाई हेर्ने र?

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice