‘प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण पछि संविधान संशोधन हुन्छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत गरे लगत्तै संविधान संशोधनको प्रक्रिया अगाडि बढ्ने भएको छ ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण पश्चात् संविधान संशोधनको प्रक्रिया अगाडि बढ्ने बताएका छन् ।

‘प्रधानमन्त्री ज्यू भारत जानुपूर्व नै संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन खोजिएको थियो तर हुन सकेन, उनले भने अब उहाँ भारत भ्रमण सकेर फर्किएलगत्तै संशोधन प्रक्रिया अघि बढाउँछौं।’

प्रधानमन्त्री प्रचण्ड आगामी भदौ ३० गते भारत भ्रमणजाँदै छन् । र प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट फर्किए लगत्तै संविधान संशोधन हुने खनालको दावी रहेको छ ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice