धन्यवाद दिएको हप्ता दिन नबित्दै पूर्वराजा ज्ञानेन्द्रको दरबारमा काटियो विद्युत लाइन

नेपाल विद्युत प्राधिकरणले ७१ लाख नबुझाएको भन्दै नागार्जुन दरबारको विद्युत लाइन काटेको छ । उक्त रकम सस्कृति मन्त्रालयले  तिर्नु पर्ने थियो । सो महशुल भुक्तानी नगरेको कारण देखाँउदै बिहीबार साँझ पाँच वजे नेपाल विद्युत प्राधिकरणले नागार्जुन दरबारको  विद्युत कटौति गरेको हो ।

सरकारको स्वामित्वमा रहेको नागार्जुन दरबार गणतन्त्र घोषणापछि सरकारले पूर्व राजा ज्ञानेन्द्र शाहलाई बसोबास गर्न उपलव्ध गराएको थियो । पूर्व राजा ज्ञानेन्द्रको परिवार कहिले नार्गाजुन त कहिले महाराजगञ्जस्थित  निर्मल निवासमा बस्दै आएका थिए ।

जनार्दन शर्मा उर्जामन्त्री भए लगत्तै  पूर्व वडामहारानी रत्ना बस्दै आएको महेन्द्र मञ्जिलमा समेत विद्युत कटौति गरिएको थियो । तर चौतर्फी दवाव परेसँगै २४ घण्टा नबित्दै विद्युत जोडिएको थियो । सो लगतै विज्ञप्ती नै जारी गरी पूर्व राजा ज्ञानेन्द्रले आफ्ना प्रंशसक र नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेका थिए  ।

यता,विद्युत लाइन काट्ने शाखाका प्रमुख गोपाल बाबु भट्टराइका अनुसार पूर्वराजाको निवास नागार्जुनको लाइन अहिलेसम्म काटिएको छैन । भट्टराईले भने, ‘पत्र दिएको हो । पत्र दिएको ६० दिनभित्रमा बक्यौता तिरिसक्नु पर्छ । ’ तर नागार्जुन दरबार स्रोतका अनुसार त्यहाँ विद्युत कटौती गरिसकिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice