न्यूजिल्याण्डको समुन्द्रमाथी शक्तिशाली भूकम्प, २१ मिटर माथी छाल उड्यो

काठमाडौं । न्यूजिल्याण्डको उत्तरी समुद्री तटमा शक्तिशाली भूकम्प गएको छ । न्यूजिल्याण्डको रिहाइशी इलाका स्थित समुद्रमाथी ७.१ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पपछि सुनामीको त्रास देखिएको छ । तटिय क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई त्यहाँबाट हटाइएको बिबिसीले जनाएको छ ।
भूकम्प गिस्बार्नको उत्तर पूर्व १६९ किलोमिटरमा गएको छ । त्यहाँको सरकारले नागरिकलाई सुरक्षित स्थानमा जान उर्दी जारी गरेको छ । तर क्षतिको विवरण भने आउन सकेको छैन । समुन्द्रमा भूकम्प गएपछि २१ मिटर लामो छाल उठेको थियो । अमेरिकी भूकम्प मापन केन्द्रले १९.१ मिल गहिराईबाट भूकम्प उठेको बताएको छ ।
२०११ मा गएको शक्तिशाली भूकम्पमा परी १६५ जनाले त्यहाँ ज्यान गुमाएका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice