गगन थापालाई फेसबुकमा वीर अस्पतालको शौचालयको तस्विर पठाएपछि हंगामा

उनी केही सुरक्षाकर्मी सँगै वीर अस्पतालको निरीक्षणमा गर्न पुगेका थिए । ‘आजको आजै सबै सुधार गर्नुपर्छ भनेर आएको होइन’ भन्दै उनले सय दिने कार्ययोजना प्रस्तुत गर्न कर्मचारी र चिकित्सकलाई सल्लाह र सुझाव दिदै थिए । ’

एकाएक उनको मोवाइल बज्यो । सामाजिक सञ्जाल फेसबुक खुल्ला राखेका मन्त्री थापालाई कसैले फेसबुकमा म्यासेज पठायो । उनले कर्मचारी र चिकित्सकलाई मोवाइलको फेसबुकमा कसैले पठाएको वीर अस्पतालको शौचालयको तस्विर देखाउँदै व्यंग्य शैलीमा ‘शौचालय सफा गर्न पनि मन्त्री नै आएर भन्नु पर्ने के यस्तो काम हामीले गर्न सक्दैनै ।’ एकाएक सवै कालोनिलो भए । घट्ना हो, बिहीबार सरकारी अस्पताल वीर अस्पतालको निरीक्षण गर्दै गर्दाको ।

उर्जा ,कृषि र सहरी विकास मन्त्रीको दावी गर्दै आएका गगन कुुमार थापा स्वास्थ्य मन्त्री भएको अहिले जम्मा  पाँच दिन पुग्दै छ । तर, उनी पाँच दिनको कार्यकालमा पाँच वर्षको काम गर्न हिडिरहेका जस्ता देखिन्छन् । मन्त्री बनिसकेपछि यो उनकोे दोस्रो पटकको अनुगमन हो ।

One thought on “गगन थापालाई फेसबुकमा वीर अस्पतालको शौचालयको तस्विर पठाएपछि हंगामा
  1. ए गगने ! (होइन माननीय मन्त्रीज्यू) । धेरै हडबडाउनु हुँदैन । शान्त भएर गरिरहनु । आफू नबिग्रिनु । भविष्य पनि हेर्नू ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice