संविधान संशोधनमा नेकपा एमाले आउँछ – मन्त्री लेखक

धनगढी । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले संविधानलाई आवश्यक संशोधन गरेर सर्वस्वीकार्य बनाउने काममा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले साथ दिने बताएका छन ।

नेपाल प्रेस युनियनले आज धगढी गरेको पत्रकार सम्मेलनमा  नेपाली काँग्रेसका नेतासमेत रहेका मन्त्री लेखकले संविधानका विषयमा असन्तुष्टि व्यक्त गरिरहेको मधेसी मोर्चासँग भएको सहमति कार्यान्वयन हुने दाबी गरेका छन् ।

संविधानलाई सर्वस्वीकार्य बनाउन आफूहरुले मधेसी मोर्चासँग तीनबुँदे सहमति गर्नुपरेको स्पष्ट पार्दै नेता लेखकले सहमति बमोजिमको काम पनि अघि बढाइएको बताएका छन् ।

पत्रकारहरुको प्रश्नमा मन्त्री लेखकले बढ्दै गएका सडक दुर्घटना रोकथाम गर्न भएका कानुनको कडाइका साथ कार्यान्वयन गर्ने, कमीकमजोरी देखिएको भए सुधार गर्नेतर्फ मन्त्रालय अघि बढेको बताउँदै मौजुदा सवारी तथा यातायात व्यवस्था ऐनलाई संशोधनका लागि मस्यौदा तयार गर्ने काम भइरहेको जानकारी दिएका छन्। रासस ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice