अल्कोहल जस्ले कसरी उजाड बनाइरहेछ म जस्ता ‘बाउ’हरुको घर परिवार ?

हो, म पनि त्यस्तै एक अल्कोहलिष्ट हुँ । लामो समयको रिह्याव सेन्टरको बसाइ पछाडि म सुध्रिएको छु/ बदलिएको छु । रक्सी विना बाच्न सक्ने भएको छु । तर मेरो खुशी,प्रगति हेर्ने यतिखेर बुवा/आमा,श्रीमती,छोरी कोही छैनन मेरो साथमा । म नितान्त एक्लो,शून्य छु ।
पिता श्याम बहादुर बस्नेत महालेखा परिक्षकको कार्यलयको जागिरे । सवारी दुर्घटनामा परीे दश वर्ष अगाडि बित्नुभयो । आमाले संसार छाडेर जानुभएको बीस वर्ष बढी भयो । सुःख,दुःखमा साथ दिने जीवन संगिनी,एक छोरी थिइन । उनीहरु अहिले साथमा छैनन । साथमा हुँदा उनको महत्व बुझिन अहिले उनैलाई सम्झेर भावुक हुन्छु/पीडित बन्छु ।
सुरुमा मैले रक्सी खाए,पछि हुँदा हुँदै रक्सीले मलाई खान थाल्यो । साथीभाइहरुसँग रमाइलो रमाइलोमा खाइयो । पछि वानी पर्यो । तिनताक रेडियोमा बोलिन्थ्यो । त्यही घमण्ड थियो आफूलाई । पछाडि त यस्तो दिन पनि आयो रक्सी बानी नै भयो । रक्सी नखाई रेडियोमा बोल्न मात्र होइन साथीसंगीहरु सँग बोल्न पनि नसक्ने भए । स्कूल पढ्दा यस्को लत थिएन । अरनीको वोडिङ स्कूल सातदोबाटोमा अध्ययन गरे । यही बीचमा बुवाहरुले महेन्द्र शान्ती माध्यमिक विद्यालय खोल्नुभयो । म सोही विद्यालयमा अध्ययन गर्न थाले । एसएलसी सोही विद्यालयबाट उत्र्तीण गरेको हुँ ।
स्कूल अध्ययन गर्दै गर्दा रक्सीसँग अपरिचित मेरो साइनो रक्सीसँग जोडिनुको किस्सा रमाइलो छ । बाबा हुनुहुन्थ्यो कर्मस डबल एमए वाला । उहाँको रुची थियो छोरालाई कर्मस नै पढाउने । तर,मेरो रुची चाहिँ इन्जिनियरिङमा । एसएलसी उत्र्तीण गरेपछाडि लुकी लुकी पुल्चोक इन्जिनियरिङ क्याम्पसमा गएर फर्म भरे । नाम पनि निस्क्यो । तर बुवालाई यो कुरा मन परेन । बुवा र म बीचमा भएको यही लडाईका कारण म भागेर बीरगञ्ज गए । अल्लारे बुद्धि सात÷आठ दिन बीरगञ्ज बसेर काठमाडौं फर्किए । मीनभवनका क्याम्पस चिफ पिताजीका साथी । जे कुरा देखि डर थियो त्यही पुगेर ठोकिए अर्थात कर्मस बाट भागेकै कर्मस नै पढ्न थाले ।
त्यतिबेलासम्म हाँसिखुशी परिवार थियो । आफूलाई संसरकै भाग्यमानी सम्झन्थे । यही बीचमा एक वर्षको अफेयर पछाडि मगर्नीको छोरीलाई भगाए भनौं अर्थात प्रेम विवाह गरियो । अर्थात गृह मन्त्रालयमा कार्यरत जीवन थापाको छोरी कमला थापा मगरलाई भगाएर कमला बस्नेत बनाए । उनको आमा शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत हुनुहुन्थ्यो ।

शिक्षित परिावर हाम्रो प्रेममा पर्खाल बनेनन । बरु साथ सहयोग नै गरे । विवाह पछाडि कल्पना नर्सिङ पढ्न थालिन । ओम नर्सिङ इन्सिच्यूडमा आफैंले लगेर भर्ना गराए ।पेशाले रेडियोकर्मी थिए । एफएम रेडियोको यात्रा हिट्स एफएम हुँदै सुरु भएको । शिव परियार,प्रमोद खरेलहरुको सबै भन्दा पहिलो अन्र्तवार्ता सोह्र वर्ष अगाडि मैले नै रेडियोमा बजाए । तिनताक रेडियोमा आफ्नो स्वर बज्दा संसारकै नामी मान्छे ठानिन्थ्यो । जति कमाइन्थ्यो उति रक्सीमा उडाइन्थ्यो । पीउनका लागि बाहना मात्र चाहिन्थ्यो । कहिले पीर परेर पिइयो । कहिले झरी,वादल लागेको बाहनामा पनि खाइयो । कहिले वढी घाम चर्किएको बाहनामा खाइयो । यस्तै यस्तै बाहनाले दुव्र्यशनी बनायो ।

xori 2
श्रीमतीले नर्सिङ सिद्धाइन । शिक्षण अस्पतालमा नोकरी गर्न थालिन । तर म दिन प्रतिदिन रक्स्याहा बन्दै गए । सम्झाएकी हुन,बुझाएकी हुन । तर सम्झन पर्नेले नै नसम्झिदिए पछि सम्झाएको के अर्थ रह्यो र ? एक दिन होइन दुई दिन होइन । सीम नाघेपछि उनी सानी छोरीलाई काखमा च्यापेर छोडेर हिडिन माइतीको शरणमा । रक्स्याहाको श्रीमती बनिरहन चाहिनन । विवाह गरेको ६ वर्ष पछाडि हामी अलग भयौं र सम्बन्ध विच्छेद भएको थिएन ।

श्रीमतीले मेरो श्रीमान मर्यो । उनले पनि भन्ने ठाँउ थियो । बुवा आमाको एक्ली छोरी,जस्लाई मेरो सारा संसार यही हो भनेर आएकी थिइन । उ नै गलत भए पछाडि मर्यो भन्नु ठूलो कुरा थिएन ।

श्रीमतीले छोडेर गए पछाडि मेरा लागि रक्सी झनै बाहना बन्न थाल्यो । अरुको बिहानी चियाबाट सुरु हुन्थ्यो । ठीक उल्टो मेरो बिहानी रक्सीबाट सुरु हुन्थ्यो र रक्सीबाटै अन्त्य हुनथाल्यो । झण्डै २ बर्ष वर्ष सबै काम छाडेर अल्कोहलिष्ट भए ।छोरी श्रीमती साथमै हुँदा बहिनी भाइहरुको माया पाउथे तर श्रीमतीले छाडेपछि सबै तिरबाट हेपिदै चेपिदै गए । सबै कुरा विग्रिसके पछाडि मेरो लाइफ सकियो भन्ने लाग्यो । मेरा आफ्ना इष्ट मित्र कोही छैन । आफूले आफैंलाई एक्लो महसुुस गर्नुेपर्ने अवस्था आयो ।

म रक्सीबाट बाहिर आउन चाहन्थे । पूरानै संसारमा फर्कन चाहन्थे । बाटो नदेखेर दोवाटोमा अल्मलिएको यात्री झैं थिए भौतारिरहेको । यस्तैमा एक दिन भेट भयो अमेरिका बसेर फर्किएका मामाको छोरा नविन । उनैले पु¥याए चोभारमा रहेको विष्णु शर्मा अध्यक्ष रहेको रिह्याव सेन्टरमा । झण्डै तीन वर्ष रिह्याव सेन्टरमा बसे । पुर्नजीवन पाए । र फर्किए आफ्नै टिकाथलीमा रहेको घरमा ।
तीन तल्ले घर छ । घर सबै खाली छ । पहिला घर भरिभराउ घर हुँदा पनि म मा एक प्रकारको शून्यता थियो । अहिले त घर त्यसै खाली छ मन शून्य नै छ ,मन पनि शून्य छ । यो घरभरी वरिपरि श्रीमती खोज्छु । उनको मायालाई खोज्छु । मेरो छोरी खोज्छु । सबै म बाट टाढा पुगिसकेका छन । अहिले म आफैं पनि यो घरमा भाडामा बस्ने मान्छे रक्सी नखाने खोज्छु तर कहाँ पाउनु ? साढे तीन रोपनी खेत सबै बाँझो छ । फर्किए पछि मेरा दिनहरु पुन रेडियो÷एफएमसँगै बित्न थालेको छ । म अचेल आफ्ना कार्यक्रमहरुमा अल्कोहलबाट कसरी मुक्त हुने÷छुटकारा पाउने भन्ने टिप्स बाढिरहेको छु ।

aaa
कहिलेकाही साथीहरुसँग बसिरहँदा उनीहरुलाई फोन आँउछ ‘अहो ! श्रीमतीले बोलाई खाना खान जान्छु’ भन्छन म झ्ल्यास्स हुन्छु ,अहो ! मान्छेको घरमा श्रीमती पनि हुन्छन । बिहान बेलुका दुई छाक नै भात पनि खाँदा रहेछन भन्या जस्तो लाग्छ ।
छुटेर जानु सायद अन्तिम अन्तिम समयमा मलाई मेरो श्रीमतीले भन्थि ‘बाबा हजुरको अगाडि यस्तो दिन आँउछ कि मैले गल्ती गरे सरी नानु !  भनेर भन्न मन त लाग्छ तर त्यो भन्ने दिन पनि पाउनुहुन्न ।’ आज म उनको अगाडि बसेर दिल खोलेर रुन चाहन्छु । म सुध्रिएर आएको छु । म पहिलाको मान्छे होइन भन्न चाहिरहेको छु । तर उनीबाट दुर  । विदेशी भूमीमा । म उनको मायामा यसरी रुमल्लिएको छु कि यो बीचमा धेरैका प्रस्ताव आए विवाहका तर मलाई डर छ,कल्पनाले गर्ने जतिको माया अरुबाट पाउन सक्दिन भन्ने मलाई थाहा छ । त्यही कारण म दोश्रो विवाह गर्ने सोचमा छैन ।
छोरी सेलिना १६ वर्षकी भइन । अहिले जापानमा अध्ययन गर्दै छिन । अहिले आएर पीडा हुन्छ । सँगै बस्न पाए हुन्थ्यो भनेको जस्तो लाग्छ तर मान्छेको मन मरिसकेपछि फेरि किन पलाँउथ्यो र ? उस्को माया साच्चै म प्रति मरिसकेको छ । तर मेरो माया उनीप्रति झन झन गाढा हुँदैछ । सामाजिक सञ्जालमा खोज्छु । उनका तस्वीरहरु हेर्छु त्यतिकै टोलाउछु ।उनका वुवा/आमालाई भेट्छु । भाइहरुलाई सोध्छु उनको खबर । उाी म बाट जति टाढा भए पनि मेरो माया झन झन गाढा हुँदैछ । सायद उनले छोडेर नगएको भए म सुध्रिने पनि थिइन कि ? म उनीसँग पुन आफ्नो घरबार बसाउन चाहन्छु । आफ्नो माया खनाउन चाहन्छु । म सुध्रिएको/बदलिएको खबर सुनाउन चाहन्छु । तर उनी उता छिन विदेशी भूमीमा, म यता तडपदैछु छोरी र उनको मायामा ।
अल्कोहल,जस्ले कसरी लग्यो एउटा प्रतिभालाई । कसरी लगिरहेछ खेमदाई जस्तै अन्य प्रतिभाहरुलाई अल्पायूमै । अल्कोहल जस्ले कसरी उजाड बनाइरहेछ म जस्ता अल्लारेहरुको घर परिवार ? आज आफ्नै प्रेम र मुटुसँग अलग्गिएर म कसरी शून्यमा बाच्न अभिसप्त छु ।

बिनयजंग बस्नेत

3 Comments
  1. जड्याहा बाबुलाई पित्री दिवसको सन्देश ।

  2. Great…….don’t count…..what you don’t have!! count your soberiety and other alcoholics who is still suffering….and those who is starting for hell…you only you can help them.

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice