न्यायालयमा बाल इजलाश राखिने : प्रधानन्यायाधीस कार्की

भद्रपुर । प्रधानन्यायाधीश सुशीला कार्कीले न्याय क्षेत्रमा आम नागरिकको पहुँच पु¥याउन कानुन व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल बार एसोसिएसन झापा इकाइमा आज आयोजित स्वागत कार्यक्रममा उनले न्याय सम्पादनमा न्यायाधीशलाई कानुन व्यवसायीले सहयोग गर्नुपर्ने बताए ।

सुशासन र सूचना प्रविधिका बारेमा कानुन व्यवसायीलाई पनि प्रशिक्षित गर्दै लैजाने भन्दै उनले न्यायालयमा बाल इजलाश राख्ने प्रयास भइरहेको जानकारी दिए ।

सो अवसरमा प्रधानन्यायाधीश कार्कीले जिल्ला अदालत झापाको निरीक्षण गरेका हुन् ।

जिल्ला न्यायाधीश सुदर्शन पाण्डेले अदालतको वस्तुस्थितिबारे अवगत गरेका थिए । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice