पुस्तकालयलाई प्रविधिमैत्री बनाउनुपर्छ : मन्त्री पौडेल

काठमाडौं । शिक्षामन्त्री धनिराम पौडेलले पुस्तकालयलाई ‘प्रविधिमैत्री पुस्तकालय’ बनाउनुपर्ने बताएका छन् ।

विज्ञान र प्रविधिको विकास सँगै पुस्तकालयलाई ‘प्रविधि विकास पुस्तकालय’का रुपमा विकास गर्नुपर्ने उनको जोड रहेको छ ।

काठमाण्डौंको प्रदर्शनीमार्गमा आयोजित नवांै पुस्तकालय दिवस कार्यक्रममा बोल्दै मन्त्री पौडेलले ज्ञानको ज्योति छर्ने पुस्तकलाई सुरक्षित बनाउन सफ्टवेयरमा परिणत गरी पुस्तकालयको महत्व देशभर फैलाउनु पर्ने सुझाव समेत व्यक्त गरेका छन् ।

वि.स. २०६५ सालदेखी भदौ १५ लाई पुस्तकालय दिवसका रुपमा मनाइदै आइएको छ । अहिले देशमा ४० हजार भन्दा बढिको संख्यामा पुस्तकालय स्थापना तथा विस्तार भैसकेका छन् ।

अहिले पुस्तकालयको विकास र विस्तारका लागि सरकारी र गैरसरकारी दुवै तह उत्तिकै आवश्यक रहेको भन्दै शिक्षा सचिब डा.डिल्लीराम रिमालले बताए ।

कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, सिटीइभिटीका उपाध्यक्ष डा कुलबहादुर बस्नेत, रिड नेपालका प्रतिनिधि चिनकाजी श्रेष्ठ, पुस्तकालय विकासका अभियन्ता अशोक थापा लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा पुस्तकालयको विकासमा योगदान गरेका विभिन्न सङ्घ संस्था तथा व्यक्तिलाई सम्मान गरिएको थियो । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice