अर्वपति विनोद चौधरीको होटल छेउमा गैडाको मृत्यु, नौ कर्मचारी नियन्त्रणमा

रत्ननगर । अर्वपति विनोद चौधरीको होटल छेउमा गैडा मरेको घटनाविरुद्धको मुद्दामा जिल्ला अदालत चितवनले दुई भारतीय नागरिकसहित चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

जिल्ला अदालतले उक्त मुद्धामा एक जनालाई ५० हजार धरौटीमा रिहा गरेको छ भने अन्य चार जनालाई चारेखमा छाडिदिएको अदालत सुचना अधिकारी कृष्णप्रसाद बरालले जानकारी गराएका छन् । जिल्ला न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले आज उक्त आदेश दिएको हो।

चितवन राष्ट्रिय निकुञ्जले यहि भदौ ७ गते नौ जना विरुद्ध जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो । जिल्ला अदालत चितवनले शुक्रबार उनीहरुको थुनछेक विषयमा  छलफल गरेको थियो । यसैक्रममा थुनामा जाने भारतीय नागरिक दीपु शश, रितेक भट्ट र चितवनका सुनिल महतो र जीवन महतो रहेका छन् । यस्तै सो मुद्दामा सुवास गदाललाई रु ५० हजार धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी बरालले जानकारी गराएका छन् । भने, साधारण तारेखमा छुट्नेमा विकास दराई, विरजा महतो, बुधराम चौधरी र ग्रीजलाल कछडिया छन्।

प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता तथा अपभवक्ता शम्भु थापा, सुशीलकुमार पन्त, अधिवक्ता विजयकान्त मैनाली, मेघराज पोखरेल र शार्दुल ,कमलराज पाठक, चूडामणि सापकोटा, प्रकाश थपलिया र नन्दलाल महतोले बहस गरेका थिए।रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice