दिसा मिसिएको आँगनको मिठाइ भाटभेटनी सुपरमार्केटमा खुलेआम विक्री

उपभोक्तालाई मिठाइमार्फत दिसा खुवाएर अपराध गरिरहेको आरोप खेप्दै आएको ‘आँगन’का मालिक राजेन्द्रप्रसाद देवडा र भाटभेटनीका मालिक मीन बहादुर गुरुङबीचको कनेक्सनको किस्सा हो यो ।
केहि समय अगाडी आँगनको मिठाइमा मानव मलमुत्रमा पाइने कोलिफर्म जिवाणु भेटियो । यसरी कोलिफर्मयुक्त मिठाइ बेचेको भन्दै आँगनलाइ मुद्धा हाल्ने तयारी चलिरहँदा चर्चित सुपरमार्केट भाटभटेनीले त्यहि मानव दिशामा पाइने जीवाणु भेटिएको आँगनको मिठाइ खुलेआम रुपमा बेचिरहेको फेला परेको छ ।
सरकारी टोलीले अनुगमन गर्दा आँगन मिठाइमा फोहोर भेटिएपछि नमूना परीक्षण गर्न प्रयोगशालामा पठाएको थियो । यसको नतिजा हेर्दा मिठाइ अखाध्य भएको फेला परेको हो । आँगन मिठाइको खुवाको ल्याव परीक्षण गर्दा १६ हजार कोलीर्फम भेटिएको आपूर्ति तथा उपभोक्ता विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिएका थिए । ‘प्रशोधित खाद्य पदार्थमा कोलिफर्मको मात्रा शून्य हुनुपर्छ । तर मिठाइमा रोग संक्रामक हानिकारक कोलिर्फम भेटिएको छ । कोलिफर्म खाद्यान्नमा हुनै हुँदैन ।
सरकारी अधिकारीहरूले देवडाले कानुनमाथि हमला गरेर गम्भीर अपराध गरेको बताएका छन् । यद्यपि उपभोक्तावादीहरुले भने ‘भारतीय लगानी भएकै कारण अखाद्य वस्तुको व्यापार गर्ने आँगन मिठाइमाथि कारबाही गर्न सरकार डराएको प्रतिक्रिया दिइरहेका छन । आँगनले राजधानीका विभिन्न स्थानमा शाखा पसल राखेर उसले बेसन, गुँद, कानपुरी, बुन्दी, पेडा, काजुबर्फी, खुवा बर्फी, बदाम बर्फी, चक्लेट बर्फी, सन्पापडी, लोकल भुजियाजस्ता मिठाइको व्यापार गर्दै आइरहेको छ ।
ललितपुरको पाटन औद्योगिक क्षेत्र हाताभित्र उद्योग रहेको पशुपति फुड्सका मालिक राजेन्द्रप्रसाद देवडा हुन् ।यस अगाडि सरकारी अनुगमन टोलीले उद्योगमा छापा मारेर कर्तुत पत्ता लागाएपछि प्रालि देवडाकी बुहारी अञ्जु गोयन्काको नाममा सारिएको बताइन्छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice