प्रधानमन्त्रीदेखि माओवादी मन्त्रालयमा छोरा र नातेदारको दबदवा, कार्यकर्ताले मन्त्री भेट्नै पाउँदैनन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि नेकपा माओवादी केन्द्रले समालेका सवै मन्त्रालयलमा छोरा र नातेदारहरुको हालिमुहाली देखिएको छ । माओवादी केन्द्रका मन्त्रीहरुले समालेका धेरै मन्त्रालयमा छोरा, नातेदारले भरिएका छन् भने कतिपय मन्त्रालयमा नेताका प्रिय पात्रले राज गर्न थालेका छन् ।
प्रधानमन्त्री दाहालले आफ्नो स्वकीय सचिवमा छोरा प्रकाश दाहाललाई राखेका छन् । सहसचिव स्तरको सुविधा दिएर दाहालले छोरा प्रकाशलाई प्रधानमन्त्रीको स्वीकय सचिव बनाएका छन् । पार्टी अध्यक्ष तथा प्रधामन्त्री दाहालले नै छोरालाई स्वकीय सचिव बनाएपछि अन्य मन्त्रीहरुले पनि सचिवालयमा आफ्न्त भर्न थालेका छन् ।
त्यसैगरी उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले पनि स्वकीय सचिवमा छोरा निर्मल महरालाई नियुक्त गरेका छन् । अर्थमन्त्रीको प्रमुख स्वकीय सचिव हुन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका हिमाल शर्माले दौड सुरु गरेका थिए । तर छोरा निर्मललाई स्वकीय सचिवमा महराले नियुक्ति दिएपछि उनी रुष्ट बनेका छन् । अर्का छोरा राहुललाई पनि स्वकीय सचिवमा नियुक्त गर्ने तयारी महराले थालेको साँघुले उल्लेख गरेको छ ।
त्यसैगरी शिक्षामन्त्री डीआर पौडेलको स्वकीय सचिवमा जागृत रायमाझीलाई नियुक्त गर्न पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले दवाव दिएका छन् । माओवादी केन्द्रले समालेका मन्त्रालयमा मन्त्री हुन नसकेका नेताहरुले पनि स्वकीय सचिव आफु निकटका ब्यक्तिलाई बनाउन दवाव दिएका छन् । त्यसैगरी पूर्व बिद्यार्थी नेता रामदिप आचार्य प्रधानमन्त्रीको सचिवालयमा सहसचिवको स्तरमा बस्न दौडधुप थालेका छन् ।
उता लामो समयदेखि पार्टी काममा लागेका माओवादी केन्द्रका कार्यकर्ताले भने मन्त्रीलाई भेट्न समेत पाएका छैनन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice