फेरि अर्काे दुर्घटना, नौ जनाको मृत्यु

हरेक दिन जसो दुर्घटनाको खबर बाहिरिरहेको समयमा अर्घाखाँचीको हंसपुर गाविसमा अर्काे जीप दुर्घटना भएको खबर छ । उक्त दुर्घटनामा परी ९ जनाको घटनास्थलमै मृत्यु भएको दुखद खबर प्राप्त भएकोछ ।

अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट प्युठानको बादीकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको फोरहृवील जीप हंशपुर गाविस ५ रतनमोर बजार नजिकै पोष्टापाटको भीरबाट ७०० मिटर तल खसेको थियो । दुर्घटनामा ६ जना घाइते भएका छन् । जीपमा १५ जनाभन्दा बढी सवार रहेको थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice