जब उनी श्रीमतीको लास काँधमा बोकेर अस्पतालबाट घर फिर्ता भए

लास बोकेको दृश्य फिल्म, नाटक वा रंगीन दुनियाँमा देख्दा कत्ति पीडा हुन्छ ? यो प्रश्नको जवाफ दर्शकमा नै सिमित छ । तर, मंगलबार दिउँसो यस्तै वास्तविक घटना घटेको छ । यो नत फिल्मको सुटिङ हो नत सडक नाटक नै । यो त मृतक स्वास्नीको लास बोकेर १२ किलोमिटर टाढा रहेको घरमा पु¥याउने जिउँदो लोग्ने अनि उनकी १२ वर्षिय छोरीको जीवन भोगाई हो ।

भारतको उडिसा राज्यस्थित मेलघर गाविसमा बस्ने दाना माझी मंगलबार सडकमा आफ्नो काँधमाथि कपडाले बेरिएको लासको भारी बोकेर छोरीसंगै कष्टपूर्वक सडकमा दौडिरहका थिए । उनी निकै टाढाको गन्तव्यमा पुग्न हतारिएर हिडिरहेका थिए । चर्को घामले हुुन सक्छ बाबु छोरी दुवैको अनुहार पसिनाले भिजेकोे थियो । यसरी भारी बोकेर हिड्दा पसिना छुट्नुलाई सामान्य तरिकाले हामी बुझ्न सकिन्छ तर बुवाको काधँमाथी कोे भारी देखेर रुमालै छोपेर रुँदै गरेकी छोरीको त्यो हृदयविदारक दृश्यले बुवाले भारी नै बोकिरहेका छन् त ! भन्ने चित्रण गरेको थिएन ।

स्थानीय अस्पतालले एम्वुलेन्स उपलव्ध नगराइदिएपछि उनलाई यस्तो विपत्ती आइलागेको थियो ।
मगंलबार दिउँसो माझीले छोरी चौला लाई लिएर क्षयरोगले ग्रसित ४२ वर्षिय श्रीमती (अमाङग) लाई ६० कि.मि. टाढा रहेको जिल्ला अस्पताल पु¥याए । त्यतिखेर सम्म श्रीमतीको अवस्था सामान्य नै थियो । मजदुरी गरेर जीवन निर्वाह गर्ने उनीहरु अस्पतालले केहि राहत देला कि भन्ने मनसाय लिएर आएका थिए । जव विरामी स्वास्नीको उपचारका क्रममा नै मंगलबार राती नै निधन भयो त्यसपछि अस्पतालले चाडै त्यो लासलाई अस्पतालबाट निकाल्न भनि आदेश दियो ।

म सँग श्रीमतीको मृतक शरिरलाई घर सम्म पु¥याउन पैसा छैन भनि अस्पतालका कर्मचारीलाई घर सम्म पु¥याउने गाडीभाडा उपलव्ध गराइदिन बारम्बार अनुरोध गरे ।  तर उल्टै अपमानित भए । त्यसपछि उनी अस्पताल प्रशासन प्रमुख बि.ब्रह्मा सँग हारगुहार गर्न पुगे । तर, उनलाई सहयोग गर्नु साट्टो उल्टै गाली बेइजत्ती गरी चाँडै श्रीमतीको लासलाई अस्पतालबाट लैजान अल्टिमेटम दिए । अन्ततः उनको अस्पतालको सामु केही उपाय नलागेपछि श्रीमतीलाई काधँमाथि काठको ठुटा झै बोकी छोरी चौलाका साथ घर तर्फ लागे ।

yविरामी श्रीमतीलाई लिएर ६० कि.मी.को यात्रा गरेजस्तो मृतक श्रीमतीलाई काधँमा लिएर हिड्न उनलाई सहज भएन । श्रीमतीलाई दाहिने काधँमा बोकी उनी छोरीको अघि अघि लागे । पछाडी छोरी सानो आवाजले रुँदै हिड्दै थिए । दानाले विच बाटोमा आइपुगेपछि काधँ फेर्न सडकको छेउमा श्रीमतीको लासलाई राखे । त्यस सँगै चौलाले डाँको छोडेर रुन थाले । टण्टलापुर घामले कोही मान्छेहरु सडकमा आवतजावत गरेका थिएनन् । सडकमा हिडिरहेका पनि आफ्नै सुरमा देखिन्थे ।

जसोतसो छोरीको रुवाइ सँगै उनी १२ कि.मी. यात्रा असिना पसिनाका साथ तय गरे । त्यति वेला यो एउटा अदृश्य नाटक वा फिल्म हँुदै थियो भन्ने आभास सडकमा हिडिरहेका सर्वसाधारणले सजिलै देखिरहेका थिए । तर जव उनी १२ कि.मी. को दुरी पार गरी आफ्नो गाविस नजिक रहेको कालहाँडीमा आएपछि स्थानीय वासिन्दाको सहयोग पाए । स्थानीय बासीन्दा ब्रुण्डा डि.को सहयोगमा रेडक्रस नामक संस्थाले श्रीमतीको मृत शरिरलाई घरसम्म पु¥याउन २०००० हजार सहयोग गरे सँगै एम्बुलेन्सले घरसम्म पु¥याइदिने कार्य भएको हो ।

यस सँगै विहीबार उनको त्यो घट्ना बारे ओडिसा अस्पतालका प्रमुख नवीन पटनैक ले जानकारी पाए सँगै मृतक विरामीका शरिरलाई उनीहरुको घरसम्म पु¥याउने व्यवस्था भएको बताइएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice