बेलायतमा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठको रोमान्स

‘इच्छा शक्ति भएको खण्डमा नेपाली फिल्म अन्तराष्ट्रिय बजारमा लैजान नसकिने होइन रहेछ’ भन्ने उदाहरण बनेको छ चलचित्र ‘गाजलु ।’
सोही चलचित्रको प्रमोसनका लागि यतिबेला पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ बेलायतमा पुगेकीछिन । वेलायतका दश वटा सिने वल्र्ड हलमा ‘गाजलु’ देखाइएको छ ।

Sristi-Gajalu-690x1024
इन्टरनेशनल नेपाली फिल्म एकेडेमी र इन्टेक १९८५ ले ‘गाजलु’ प्रदर्शन गरेका हुन् । शोका लागि पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ परिवारसहित त्यहाँ उपस्थित भएकी थिइन् । आफ्नो पहिलो चलचित्र हलिउड बलिउड सरह प्रदर्शन भएसँगै पूर्व मिस नेपाल श्रेष्ठ उत्साहित भएकी छिन ।
अहिले सिनेमा र रंगमञ्चमा एकसाथ रमाइरहेकी सृष्टिले गाजलुको सफलतासँगै नयाँ चलचित्रका लागि सम्झौता समेत गरिसकेकी छिन ।

ss
कुमारीको कथामा आधारित छ ‘गाजलु’ हेमराज बिसीले निर्देशन गरेका हुन । उक्त फिल्ममा सृष्टि, अनमोल केसी, गौरब पहारी, सलोन बस्नेत, मेनुका प्रधान, गौरी मल्ल, कृष्ण मल्ल, विश्व बस्नेत, ऋतिक शाही आदिले अभिनय गरेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice