म डाँडाबारी साइलीको छोरो, सुर्के थैली गाएर हिरो

राजनराज सिवाकोटी (गायक)

दोलखाका डाँडावारी साइलीका छोरा राजनराज सिवाकोटी यतिबेला निकै चर्चामा छन् । पूर्वपश्चिम रेल, घिन्ताङ घिन्ताङ मादल जस्ता लोकप्रिय गितको लेखन, संगित र गायन गरेका सिवाकोटी ‘सुर्के थैली खै’बाट निकै चर्चामा आए । एकबर्ष पहिले यो गीत बजारमा आएपनि युट्यूवले उनको उचाई सगरमाथामा पुरयाई दियो । युट्युवमा मात्र यो गीत एक करोड बढिले  हेरि सकेका छन् । आफ्नो गीत यति धेरैले हेर्नुको कारण सिवाकोटीले यसरी खोले । :

म सानो छँदा आमाले सुर्के थैलीमा रुपैया राखेको देखेको थिएँ । एक दिन मलाई आमाको सुर्के थैलीबाट पैसा चोर्न मन लाग्यो । सुर्के थैली मिलाएर तान्न सकिएन भने खुल्दैन । मैले मिलाएर तान्न सकिँन । त्यो च्यातियो । थैली च्यातिएपछि आमाले थाहा पाउनु भयो त्यसको परिणाम मैले चड्कन भेटेँ । निकै जोडले पो चड्कन खाएको थिएँ । यस्ता थुप्रै घर र गाउँहरुमा गल्तिहरु गरियो ।
पछि म काठमाडौं आएँ । एक रात मैले सानोमा के के गल्ति गरे छु ? सोच्दै जाँदा आमाको सुर्के थैली च्यातिएको स्मरण भयो । थैली च्यातिनु भन्दा आमाको चड्कन याद आयो । त्यसपछि मैले सुर्के थैलीका बारेमा सोच्न थाले । आजभोली आमाको सुर्के थैली कहाँ होला ? त्यसपछि गीत फुरयो ‘सुर्के थैली खै’ ।
मैले यो गीतको पहिलो हरफ १० बर्षअघि तयार पारेको हुँ । सुर्के थैली, मदानी, बहिखाता जस्ता टिपिकल नेपाली शब्दको चयन गरी यो गीत तयार पार्ने योजना बनाएँ । नेपाली मौलिकतामा हराउँदै गएका शब्दहरु जोडेर सुन्दर गीत बनाउने मेरो योजना चार बर्षसम्म त्यसै हरायो । आजभन्दा ६ बर्षअघि फेरी मैले यही गीतका लागि टिपिकल नेपाली शब्दका तानबाना बुन्न थाले । मैले गीत लेख्न कहिले हतार गरिन, दिनदिनै एउटा शब्द खोँजे । शब्द खोज्दै जाँदा केटा र केटीले गाउने बनाउनु परयो भन्ने मनमा पनि आयो । यस्तै गर्दा गर्दै मलाई यो मेलोडी गीत पुरा लेख्न ६ बर्ष लाग्यो । सुर्के थैली सोचेको १० बर्षपछि रेकडिङ गरेँ ।
०००
‘सुर्के थैली खै…’ ले मेरो झोली भरयो । मैले जे कुरा झोलीमा खोजेको थिँए, त्यो सुर्के थैलीले नै भरयो । सपना सवैले देख्छ, पुरा हुने मात्र माग्यमानी हुन्छ । म त्यही एक भाग्यमानी हुँ, सुर्के थैलीबाट मनको झोली भरेँ । हरेक श्रष्टालाई आफुले शिर्जना गरेकोे गीत संगित प्रिय लाग्छ, सुर्के थैली एक करोड बढिले यूट्युवमा हेरेर मेरो शिर्जनालाई श्रोता र दर्शकले प्रिय बनाई दिनुभयो । आर्थिक एउटा ब्यक्ति र परिवारलाई कति चाहिन्छ ? त्यसको मापदण्ड त छैन तर मलाई खुसी हुने गरी आर्थिकको जोहो पनि गरिदिएको छ ।
०००
मेरो जन्म दोलखाको डाँडाबारी भएको हो । मेरो घर डाँडावारी र आमा साइली भएका कारण गाउँमा मलाई डाँडाबारी साइलीको छोरो भन्छन् । त्यही नामबाट मलाई धेरैले गाउँमा चिन्छन् । यो शब्दलाई मैले गीतमा पनि उतारे
म डाँडाबारी साइलीको छोरो
कालो छु म दिलको चाहिँ गोरो ।

 

rajan 2परिवारमा खान लाउनको दुख थिएन । मेरो इच्छा गायक बन्ने थियो । सवैले मलाई चिनुन, मेरो गीत रेडियोमा घन्कियोस् भन्ने थियो । तर घरबाट मलाई गीत गाउने छुट थिएन । तरपनि मैले गाउँका पाखा, घर आँगन, चौरी सम्झँदै ढेट नेपाली शब्द खोजेँ । मेरो गीतमा बहि भन्ने शब्द छ, धेरैलाई यो शब्दको अर्थ थाहा नुहँन सक्छ । बहि भनेको रकम दिएपछि गराइने एक प्रकारको नेपाली कागज हो । हाम्रो पुरानो चलन चल्तीमा त्यसलाई बहि भनिन्छ । मेरो बुवा, हजुर बुवाले रकम दिएको बहि घरको दलिनमा च्यापेर राखेको देखेको थिँए ।
ठेगा मदानी जस्ता शब्द त सवैलाई थाहा नै भएका थिए ।  घर आँगनमा भएका यी शब्द मैले गीतमा राखेको छ । त्यसकारण पनि यो अति लोकप्रिय बनेको मेरो विश्वास छ । सुर्के  थैली खै मेरो यो गीत गत बर्ष साउन २१ देखि बजारमा आएको हो । त्यो भन्दा पहिले मैले केही एफएम रेडियोमा पनि प्रमोडका लागि छोडेको थिएँ । वडा नं ६ चलचित्रमा यो गीत राखिएको छ ।
गीत गाउने बिषयमा मेरो बुवासँगको पनि एउटा रोचक प्रशंग छ । मैले बुवालाई एक दिन भने ‘गीत गाउन परयोे, रेडियोले एक पटक मेरो नाम भन्दिए कति राम्रो हुन्थ्यो ।’ बुवाले जवाफ दिनु भयो ‘ के अनुरोध संगितमा नाम पठाएर गित गाउन मन लागेको हो ?’ मैले विस्तारै होइन गीत गाउन मन लागेर हो भने । त्यसपछि बुवाको फेरी जवाफ आयो ‘गाउने भए आजसम्म तैले ३ सयबटा गित गाइसकेको हुन्थिस् ।’ बुवाको यो भनाईबाट तत्काल गायन क्षेत्रमा आउने प्रोत्सान मिलेन ।

म स्टोरकिपरको जागिरे बने
म तिन कक्षामा पढ्दा एउटा गीत गाएको थिएँ, ‘छिनताङ, छिनताङ मादलु’ । त्यो गित २५ बर्षपछि अहिले आएर मेरो छोरीले गायकी छिन् । त्यो गीत पनि अहिले चर्चित छ । बुवाको त्यो भनाईले मलाई अध्ययन गर्न तिर प्रोत्साहित गरयो । २०५६ सालमा मैले मास्टर्स सकेँ । त्यसपछि म जागिरे बनेँ । म विमान स्थलको टिआए प्रोजेक्टको स्टोरकिपर थिँए । त्यो कोरियन कम्पनी थियो । त्यसमा म स्टोरकिपर थिएँ । स्टोरकिपरका रुपमा काम गरेपनि मलाई सामानको नाम नै थाहा हुँदैनथ्यो । जतिबेला पनि गीततिर मात्र मेरो ध्यान गइरहेको हुन्थ्यो । अफिसमा हुँदा नारायण गोपाल दाईको एउटा मान्छेको… यस्तै गीत गायर बस्थ्ये । एक दिन गीत गाइरहेको थिएँ, त्यही बेला कोरियन इन्र्जाज आयो । सधै तपाई गीत मात्र गाइरहने, काम नगर्ने भन्यो । मेरो ध्यानै जागिरतिर गएन । गीततिर मात्र गइरहयो । त्यसपछि मैले फुत्त जागिर छोडे र गायन क्षेत्रमा आएँ ।
त्यो कालीमोरीले ढुट्टोपारी कुटी
म कक्षा ८ मा पढ्दै थिएँ । त्यो बेला एक जना साथीले मलाई भन्यो ‘ओई त्यो काली केटीसँग लभ गर्छस् ।’ मैले भने ‘गर्ने त हो तर कसरी ?’ लभको परिभाषा पनि मलाई त्यो बेला थाहा थिएन । मेरो साथीले फेरी भन्यो ‘म एउटा चिठ्ठी लेखिदिन्छु दिउँ भन्यो ।’ उसले नै चिठ्ठी लेख्यो, उसैले मेरो नामबाट चिठ्ठी दियो । चिठ्ठीमा के लेखेको थियो त्यो पनि मलाई थाहा भएन । दोस्रो दिन दिउँसो त्यो केटीसँग भेट भयो, उसले मलाई टुट्टो हुनेगरी कुटी । त्यसपछि म केटीहरुलाई प्रपोज त के कुरा गर्न पनि डराउन थालेँ ।
पुरा हुन नसकेको त्यो प्रेम
म पहिले भक्तपुरको सानोठिमीमा बस्थे । एक दिन विहानै हारमोनियम लिएर ‘चिनारी हाम्रो धेरै पुरानो लाग्दछ…’ भन्ने नारायण गोपाल दाइको गीत गुनगुनाईरहेको थिँए । त्यही बेला एक सुन्दरी मेरो ढोकामा आएर उभिएको देखेँ । ति स्याङजातिरकी युवतीसँग मेरो चिनजान थियो, तर प्रेम थिएन । एक्कासी उनी आएर मलाई विवाहको प्रस्ताव राखिन । ‘मसँग बिहे गर्ने की नगर्ने’ भन्ने प्रश्न गर्न थालिन । मैले चिनेपनि प्रेम थिएन । तर उनी मलाई प्रेम गर्दिरहेछिन् । एकदिन सपनामा बर्वराउँदा उनले मेरो नाम उच्चारण गरिछन् । र उनका बाबुले थाहा पाएछन् । त्यसपछि बाबुले गाली गरेछन् । त्यहीबाट उठेर उनी मेरो कोठामा आएकी रहेछन् ।
‘मैले विहे गर्दिन’ भनेपछि उनी रुन थालिन । उनका सेता गाला राता हुन थाले । दुई थापो आँशु झारिन । त्यसको तीन दिनपछि उनको विवाह भएछ ।

सुर्केथैलीको भिडियो हेर्नुहोस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice