थामिएन कोइरालाको विरासत

नेपाली राजनीतिमा एक समय कोइराला खानदानले एक छत्र राज जमायो । विशेषगरी २०५७ साल पछाडिको समयमा काग्रेंस सत्तामा हुँदा कोइराला खेमाबाट कसै न कसैको प्रतिनिधित्व रहँदै आएकोमा यो पटक कांग्रेस सत्तामा हुँदा कोइराला परिवार बाहिरै रह्यो ।
अहिले कोइराला परिवारकै बीडो थाम्नेहरुमा सांसद सशांक,शेखर र सुजाताहरु छन । यस अगाडि शेखर कोइराला परराष्ट्रमन्त्रीमा जाने बताइएको थियो । महामन्त्री सशांक थला परेको हुंदा शेखर निर्विकल्पजस्तै बनेका थिए ।

 

उनी परराष्ट्रमन्त्री पाएमा सरकारमा जाने सोचमा थिए । देउवाले परराष्ट्रमन्त्री आफ्नै टिमका प्रकाशशरण महतलाई बनाउने ईच्छा देखाएपछि कोइराला पछि हटेका थिए ।
यसअघि नै उपप्रधानमन्त्रीको ओहोदामा रहिसकेकी सुजता बरियताका कारणपनि जान अफ्ठयारो थियो । त्यसमाथि सुजताले केपी ओली नेतृत्वकै सरकारको निरन्तरताका पक्षमा अभिव्यक्ति दिएकी थिइन् ।
कोइराला परिवार निकटका महेश आचार्य, शैलजा आचार्य लगायतले यदाकदा कोइराला परिवारको बिंडो थाम्ने गर्दथे । यस अगाडि कोइराला परिवारको तर्फबाट सरकारमा जबरजस्त सहभागिता हुने गर्दथ्यो ।
कतिसम्म भने तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको समयमा काग्रंसका ततकलीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको दबावमा उनकी पुत्री सुजता उपप्रधान तथा परराष्ट्रमन्त्रीसहित सरकारमा सहभागी भएकी थिइन् ।

राजनीतिकरुपमा कनिष्ठ हुंदाहुंदैपनि गिरिजापुत्री भएकै कारण उनले सो लाभ लिएकी थिइन् । सुजाताले केपी ओली नेतृत्वको सरकार ढाल्न नहुने अभिव्यक्ति दिदै आएकी थिइन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice