गायक खेमराज गुरुङको स्वास्थ्य स्थिती गम्भिर

काठमाडौं । ‘वारि जमुना पारि जमुना’ नामक  चर्चित गीतका गायक खेमराज गुरुङको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

चाबहिलको मेडिकेयर अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भैरहेको छ ।

१० दिन अगाडि जण्डिसको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

चिकित्सकहरुका अनुसार उनको कलेजोले काम गर्न छाडेको र मिर्गाैलामा समस्या देखिएको बताएका छन् ।

स्वास्थ्य स्थिती झन गम्भिर हुँदै गएपछि थप उपचारका लागि दिल्लीको मेदान्त अस्पतालमा लैजाने तयारी गरिएपनि चिकित्सहरुले यस्तो अवस्थामा लान उपयुक्त नहुने बताएपछि रद्ध गरिएको छ ।

अहिले उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको गायक तथा संगितकार भीषण मुकारुङले जानकारी गराएका छन् ।

‘गायक गुरुङका जीवन, जीवन–२, अनमोल, धरान–पोखरा, सोल्टी, आलुतामा, ढाक्रे र घुमफिर एल्बम  बजारमा निस्किसकेका  छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice