अन्ततः पौडेल पक्षले पाचँ मन्त्रालय लिई छाड्यो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलविच मन्त्री भागवण्डाको विषयमा सहमति भएको छ । दुइ विचमा  सहमति भए सँगै पौडेल पक्षले पाँच मन्त्रालय पाउने पक्का पक्की भएको छ ।

नेता पौडेलको पछिल्लो माग सभापति देउवाले ५ मन्त्रालय दिएर पूरा गरिदिए सँगै सरकारमा मन्त्री पठाउने टुँगो लागेको स्रोतले जानकारी गराएको छ ।

बिहीबार देउवाले पौडेलसँग वार्ता गर्ने जिम्मा  उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई खटाएका थिए ।

यसअघि पटक पटकको भएको छलफलमा पौडेल समूहले पाँच मन्त्री र राज्यमन्त्री नपाए आफ्नो समूहबाट सरकारमा नजाने चेतावनी दिदै आएका थिए । यस सँगै अन्ततः सभापति देउवाले पौडेललाई ५ मन्त्रालय दिन बाध्य भएका हुन् । अहिले पौडेल समूहलाई कुन कुन मन्त्रालय दिने भन्ने बारेमा छलफल भैरहेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice