सरकारद्धरा सहिद स्मृति सामुदायिक अस्पताललाई एक करोड ८२ लाख अनुदान

नवलपरासी । नवलपरासीको सहिद स्मृति सामुदायिक अस्पताललाई सरकारले रु एक करोड ८२ लाख १२ हजार अनुदान रकम दिएपछि अस्पतालको भौतिक पूर्वाधार विस्तार सुरु भएको छ ।

दाउन्ने देवी गाविस वडा नं ९, चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पताल विकास केन्द्रलाई सरकारबाट प्राप्त उक्त रकमबाट अस्पतालको चौतर्फी विकासमा खर्च गर्न लागिएको हो ।

सरकारबाट गत असार ३१ गते प्राप्त गरेको उक्त रकमबाट अस्पतालको प्राविधिक, भौतिक र गुणस्तरीय उपचार सेवातर्फ खर्च गर्न लागिएको अस्पतालका व्यवस्थापक टीकाराम लुइँटेलले बताए ।

अस्पतालको भवन निर्माणका लागि रु एक करोड २० लाख, उपकरण खरिदका लगि रु ५० लाख, अस्पतालको फर्निचरका लागि रु १२ लाख १२ हजार रकम विनियोजन गरिएको छ ।

सरकारबाट प्राप्त अनुदान अस्पतालको भौतिक संरचना निर्माण, उपकरण खरिद र आन्तरिक व्यवस्थापनका लागि खर्च गर्न रकम विनियोजन गरिएको केन्द्रका अध्यक्ष निमानन्द न्यौपानेले बताए ।

त्यसैगरी अस्पताल विकास केन्द्रलाई वैकल्पिक सौर्य ऊर्जा प्रवद्र्धन केन्द्रबाट प्राप्त रु ४५ लाख अनुदानबाट अस्पतालमा सोलार जोड्ने काम सुरु भएको छ ।

अस्पताललाई तत्काल आवश्यक पर्ने १८ केवीको सौर्य ऊर्जा जडान गर्न काम सुरु गरिएकाले जसबाट बिरामीका लागि थप राहत मिल्ने अस्पतालका अध्यक्ष न्यौपानेले बताए ।

चौपत्तामा रहेको सो अस्पताल अहिले १५ स्ययाको मात्र रहेको छ । व्यवस्थापन कार्यालयसहित तीनवटा भवनबाट अस्पतालले आकस्मिक सेवा, ओपिडी सेवा र फार्मेसी सेवालगायतका सेवा सुविधा प्रदान गर्दै आएको छ ।

अस्पतालमा नवलपरासीको १४ गाविससहित सीमावर्ती भारतीय बिरामी सेवा लिन आउने गरेका छन् । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice