मध्यराती फोनमा प्रधानमन्त्री प्रचण्डले भने ‘देउवाजी अब अति नै भो’

एकातिर रामचन्द्र पौडेल विच्कने,अर्काेतिर सत्तासाझेदार दलका अध्यक्षले फोन गरी गरी तर्साउने । त्यही बीचमा मन्त्री नबनाइएका भन्दै आफ्नै गुटकाहरुले कालो अनुहार लगाउने । यस्तै कारण कांग्रेस सभापति शेरबहादुर देउवा अचेल तनावमा छन ।
यही तनावका बीच, बुधवार राती प्रधानमन्त्री प्रचण्डले देउवालाई टेलिफोन गरेर अब कति दिन लाग्छ भन्ने प्रश्न गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले प्रचण्डको भनाई उदृत गर्दै भने,‘देउवाजी चार साता वितिसक्यो, विपक्षीलाई यही मसला भइसक्यो नेविसंघको निर्वाचन सकिएको एक साता वितिसक्यो, सरकारले भनेजस्तो काम नै गर्न पाएन, विवाद छ भनेर भएन अब त नाम पठाउनु पर्यो, देउवाजी अति नै भो ।’
जवाफमा सभापति देउवाले रामचन्द्रजीको चित्त बुझाउनको लागि केही समय कुरेको जवाफ दिएका थिए । प्रचण्ड प्रधानमन्त्री भएपछि तीन पटक मन्त्रीमण्डल विस्तार गर्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन् ।
सरकारले पूर्णता नपाउदा मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति अनुसार संविधान संशोधनको प्रक्रिया पनि अगाडि बढ्न सकेको छैन् । मधेसी मोर्चाले तत्काल संविधान संशोधनको प्रक्रिया थाल्न प्रधानमन्त्री प्रचण्डलाई दबाब दिन सुरु गरेपनि कांग्रेसले आफ्नो तर्फबाट पाउने ११ मन्त्री छनोट गर्न सकेको छैन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice