नेपाल महिला संघको तेस्रो महाधिवेशन अन्तिम चणमा

काठमाडौँ  । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला सङ्घले तेस्रो महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

काठमाडौँको भृकुटीमण्डपमा भदौ २९, ३० र ३१ गते तेस्रो महाधिवेशन गर्नका लागि महाधिवेशनको तयारी भएको सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

सङ्घले यसपटकको महाधिवेशनका लागि ‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ मूल नारा तय गरेको छ । तेस्रो महाधिवेशनका क्रममा नयाँ संविधानमा आधा आकाश ढाकेका नारीका बारेमा, महिला अधिकारका क्षेत्रको हकमा ३५ प्रतिशतको व्यवस्था गरेको विषय आफूलाई स्वीकार्य नभएको निष्कर्षसहित नयाँ नेतृत्व चयन गर्ने बताएको छ ।

महाधिवेशनले अध्यक्ष, महासचिव, र कोषाध्यक्ष तीन पदाधिकारीसहित खुलाबाट १५ केन्द्रीय सदस्य, प्रान्तबाट दुई÷दुई जना गरी १४ जना, दलितबाट तीन जना, आदिवासी÷जनजातिबाट तीन जना, मुस्लिम र पिछडा वर्ग एक जना मधेसीबाट तीन जना र मनोनित नौ केन्द्रीय सदस्यसहितको ५१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।

सङ्घकी अध्यक्ष डा डिला सङ्ग्रौलाले संविधानले व्यवस्था गरेको अधिकारको परिधि साँघुरो रहेको भन्दै केन्द्रमा ३५ प्रतिशत, प्रान्तमा ४० प्रतिशत र स्थानीय तहमा ५० प्रतिशत अधिकारको व्यवस्था हुनुपर्ने र तेस्रो महाधिवेशनले अधिकारको प्रतिशतका विषयमा आवाज उठाउने बताए।

महिला सङ्घकी केन्द्रीय सदस्य निर्मला क्षेत्रीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल महिला सङ्घको अग्रणी भूमिका रहेको उल्लेख गर्दै तेस्रो महाधिवेशनलाई ऐतिहासिक महाधिवेशनका रुपमा सफल बनाउन आफूहरु लागिपरेको बताए।

महाधिवेशनमा दुई हजार २४४ प्रतिनिधिले भाग लिने बताइएको छ । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice