bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/08/31210 ) ) )

रोजे जति मन्त्रालय नपाए पछि सभापति देउवासँग रामचन्द्र पौडेल ‘फायर’,

नयाँ मन्त्रीमण्डल विस्तारमा काग्रेंस सभापति देउवा सकसमा परेकाछन । १३ मन्त्रालय सहित सरकारमा सामेल हुन लागेको काग्रेसको संस्थापन पक्षबाट  रामचन्द्र पौडेललाई चार मन्त्री र दुई राज्यमन्त्रीको नाम मागेका थिए ।

पाँच मन्त्री सहित चार राज्यमन्त्रीको माग गर्दै आएको पौडेल पक्षधरका नेताहरुले आफूले खोजेजति मन्त्रालय नपाएपछि सरकारमा जान नहुने धारणा राख्दै आएका छन ।बुधबार विहान पौडेल निवास वोहराटारमा उनी पक्षधर नेताहरुको बैठक बसेको थियो ।

उक्त बैठकमा नेताहरू प्रकाशमान सिंह, शशांक कोइराला, रामशरण महत, सितादेवी यादवलगायत नेताहरूको उपस्थित थियो ।

यता कांग्रेस सभापति देउवाले सकेसम्म आजै बेलुकासम्ममा सबैको नामावली प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेका थिए ।सभापति देउवाले पौडेल खेमालाई चार मन्त्रालय नेता कृष्ण सिटौला र खुमबहादुर खेमा लाई एक÷एक  मन्त्रालय सहित आफुले सात मन्त्रालय राखेका छन् ।

आफ्नै खेमाका रुष्ट

संस्थापनबाट सरकारमा जाने अन्यमा प्रकाशशरण महत, सितल बुढाथोकी, जीवनबहादुर शाही, बालकृष्ण खाँडको नाम लगभग निश्चित छ । रामचन्द्र पौडेलतर्फबाट सीतादेवी यादव, दीपक गिरी, नविन्द्रराज जोशी मुख मिठ्याएर बसेकाछन ।

नेता प्रदीप पौडेलको अनुसार कांग्रेसले बुधबार पनि आफ्ना मन्त्रीहरुको नाम टुंग्याउन सम्भावना पचास प्रतिशत मात्रै हो ।यता,मन्त्री बन्ने भनेर प्रचार गरिएका मोहनबहादुर बस्नेत, अम्बिका बस्नेत लगायतको नाम देउवा लिस्टबाट हटेको हल्लाले उनीहरुलाई सिफारिस गर्नेहरु नै देउवासँग असन्तृष्ठी चुलिएको छ । पूर्वबाट भीष्मराज आङदेम्बे र सूर्यमान गुरुङमध्ये एक जना मन्त्री बन्ने हल्ला चले पनि दुवैको नाम नभएपछि उनीहरु रुष्ट छन्। झापाका वरिष्ठ नेता केशवकुमार बुढाथोकीले त देउवाले मनोनीत गरेको केन्द्रीय सदस्य पद त्याग्न तयार हुँदा समेत मन्त्री बन्न नपाएपछि झनै रिसाएका छन्।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice