देउवा सिंगापुर जाँदा खुमबहादुर कार्यबहाक, विमलेन्द्रको आपत्ति

काठमाडौं । सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएपछि भोली विहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परिक्षणका लागि सिंगापुर जाँदैछन् । उनी सिंगापुर प्रस्थान गरेपछि नेपाली कांग्रेसको कार्यबहाक सभापति केन्द्रीय सदस्य तथा प्रभावशाली नेता खुमबहादुर खड्काले समाल्ने भएका छन् । देउवाले खड्कालाई कार्यबहाक अध्यक्ष दिने तयारी गरेको उनी निकट स्रोतले बताएको छ ।

कांग्रेस महाधिबेशन सम्पन्न भएको लामो समय वितिसक्दा पनि देउवाले उपसभापति, महामन्त्री पदमा मनोनित गरेका छैनन् । महाधिबेशनका बेला खड्कालाई उपसभापति बनाउने सहमति गरेका देउवा  विमलेन्द्र निधिका कारण अर्निणित बनेका थिए । तर निधि उपप्रधानसहित गृहमन्त्री बनेपछि देउवाले खड्कालाई भावी उपसभापति बनाउने गरी हाल कार्यबहाक छोड्न लागेको देउवा निकट स्रोतले बताएको छ ।

महाधिबेशनमा गरेको सम्झौता देउवाले बिर्सेको भन्दै खड्काले असन्तुष्टी जनाउँदै आएका थिए । उनले देउवाका बिरुद्ध ललितपुरमा भेला समेत डाकेका थिए । तर पछिल्लो समय खड्कालाई उपसभापति बनाउन देउवा सकारात्मक देखिएका छन् । उपसभापति बनाउन उनले हाल कार्यबहाक छोडेर जान लागेका हुन् । आफुलाई उपसभापति बनाउन देउवा सकारात्मक देखिएपछि खड्काले सरकारमा पठाउने मन्त्रीहरुमा धेरै बखेडा झिकेनन् । आफ्नो तर्फबाट एकजनाको मात्र उनले नाम दिएका छन् ।

खड्कालाई उपसभापति बनाउने देउवाको योजनामा विमलेन्द्र निधि अझै सकारात्मक छैनन् । उनले सिंगापुर जाँदा कसैलाई पनि कार्यबहाक नछोड्न आग्रह गरेको स्रोतले बताएको छ । ‘सुशील कोइराला अमेरिका जाँदा रामचन्द्र दाईलाई कार्यबहाक छोड्नु भएन, अहिले किन हतार गर्नु परयो’ निधिले देउवालाई भन्न थालेका छन् ।

उता खड्का भने आफुलाई कार्यबहाक सभापति दिएर विदेश जान आग्रह गरिरहेका छन् । खडकालाई कार्यबहाक सभापति दिन कांग्रेस नेता शंकर भण्डारी लगाएतका नेताहरुले दवाव दिइरहेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice