bijaystdClass Object ( [error_code] => 4 [error_msg] => Application request limit reached (4) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/08/31112 ) ) )

कालोबजारी गर्ने दास पक्राउ

सप्तरी । कालोबजारी गरी बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको भन्दै एक पसलेलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

बोरिया गाविस–७ घर भई हाल राजविराज–६ निवासी ३० वर्षीय रञ्जीत दासले आफ्नै धानको पसलमा करिब २३ लिटर पेट्रोल लुकाइ राखेको र उनले ग्राहकसँग बढी मूल्य लिएर बिक्री वितरण गरेको पाइएपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताएका छन् ।

उनलाई गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दासलाई कालोबजारी ऐनअन्तर्गत कारबाही गरिने प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice