सभापति देउवा सिंगापुर जाँदै

नेपाली कागं्रेसको भातृ संगठन नेविसंघको ११ औ महाधिवेशन सकाएर केहि राहत पाएको जस्तो महशुस गरेका सभापति शेरबहादुर देउवाले मगंलबारसम्म सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाई स्वास्थ्य उपचारका लागि सिंगापुर जान आँटेका छन् ।

नेविसंघकै कारण देखाएर सरकारमा मन्त्रीहरुको नाम पठाउन नसकिएको अवस्थामा पार्टी भित्र विवाद समेत मच्चिएको थियो । अहिले सभापति देउवाले मगंलबारसम्म ११ मन्त्री तथा केही राज्य मन्त्रीहरुको नाम चयन गरी बुधबार उनीहरुको सपथ ग्रहण गराउने अभ्यास थालेका छन् । यसका लागि उनले वरिष्ठ नेता रामचन्द्र पौडेलको साथ लिने छन् ।

त्यस सँगै आफ्नो कर्तव्य वहन गरिसकेपछि उनी भदौ १० गते शुक्रबार स्वास्थ्य उपचारका लागि धर्मपत्नी आरजु देउवा लिएर सिँगापुर जान आँटेका हुन् । उनले आफु सँगै आरजुको पनि स्वास्थ्य जाँच गर्न सकिने बताएका छन् ।

सभापति देउवा लामो समयदेखि पेटको समस्याबाट पीडित छन् । खाना खाएपछि पेट दृुख्ने तथा अपच हुने समस्या गत तीन वर्ष देखी देखिएपछि उनले निरन्तर रुपमा स्वास्थ्य जाँच गर्न सकिरहेका थिएनन् ।

चिकित्सकहरुले बर्ष बर्षमा नियमित रुपमा स्वास्थ्य उपचार गर्नुपर्ने सल्लाह दिएपनि उनले समय तालिका मिलाउन नसकेका कारण २ वर्षदेखि उपचार गर्न सकिरहेका थिएनन् । तर शुक्रबार धर्मपत्नी सँगै ४ दिनका लागि उनी सिंगापुरको ‘माउण्ट एलिजावेथ हस्पिटल’मा स्वास्थ्य उपचार गर्न जान लागेका हुन् ।

One thought on “सभापति देउवा सिंगापुर जाँदै
  1. क्या अचम्म ! नेपालका त्यतिका राम्रा र महंगा हस्पिटल कस्कालागी ? त्यतिका नेपालमै उत्पादन भएका डाक्टरहरु काम नलाग्ने भयको भय किन किन आमा बाबुहरुले त्यतिको महँगो गरि किन पढाउने ? अथवा राजनीति नेताहरु लाई नेपाली डाक्टरहरु प्रति बिश्वास लाग्दैन कि ?

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice