जन्मदिनकै दिन काटियो पूर्ववडामहारानी रत्न निवासको बिद्युत लाइन

काठमाडौं । पूर्वबडामहारानी रत्न शाहको निवास महेन्द्र मञ्जिलको विद्युत लाइन काटिएको छ । उर्जामन्त्री जनार्दन शर्माको ठाडो निर्देशनका प्राधिकरणका कर्मचारीले महेन्द्र मञ्जिलको बिद्युत लाईन काटेका छन् । पूर्वबडामहारानी रत्नको जन्मदिन कै दिन उनको निवासमा बिद्युत लाइन कटौति गरिएको छ ।

पूर्वराजाहरुले राजदरवार छाडेपनि पूर्ववडामहारानी रत्नले भने आफ्नो पुरानो याद सम्झँदै जिर्ण अवस्थामा रहेको महेन्द्र मञ्जिलमै बस्दै आएकी छिन् । पूर्वराजा ज्ञानेन्द्र शाहले दरवार छोड्दा पूर्वबडामहारानी रत्नलाई महेन्द्र मञ्जिलमै बस्न दिने गरी तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग सहमति गरेका थिए । महेन्द्र मञ्जिलको टेलिफोन, बिद्युत जस्ता बस्तुको रकम राज्यले नै तिर्ने गरी तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले सहमति गरेका थिए ।

तर परिवारबाट अलग बस्दै आएकी रत्न बृद्धा अवस्थामा निकै सास्तीपूर्ण जीवनयापन गरिरहेकी छिन् । त्यही अवस्थामा उर्जामन्त्रीको निर्देशनमा बिद्युतलाइन काटिएको छ । महेन्द्र मञ्जिलको बिद्युत बक्यौता ३७ लाख ३१ हजार रहेको छ ।

तर नेपालका ठुला घरानामा करोडौ बिद्युत बक्यौता रहेको छ । विनोद चौधरी, सुमार्गी जस्ता ठुला कम्पनी सञ्चालकहरुको करोडौ बक्यौता रहेको छ । ति ठुला कम्पनी लाइन काट्न उर्जामन्त्री शर्माले हिक्कमत गर्न सकेका छैनन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice