दिल्लीमा उपप्रधानमन्त्री विमलेन्द्र निधीले खुसुक्क गरे राष्ट्रघाती सहमति

अन्ततःप्रचण्ड नेतृत्वको सरकारका उपप्रधानसहित गृहमन्त्री रहेका विमलेन्द्र निधीले भारतमा राष्टघाती सन्धी गरेको खबर बाहिरिएको छ । खासमा  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विशेषदूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले काठमाण्डु–निजगढ फस्टट्रयाकको काम भारतीय कम्पनीलाई दिने प्रतिबद्धता जनाएपछि खैलाबैला मच्चीएको छ ।

यसबारे प्रधानमन्त्री प्रचण्डलाई जानकारीसम्म नभएको स्रोतको दावि छ । ५ दिनअघि काँग्रेस सभापति देउवाले समेत रणनीतिक महत्वको काठमाण्डु–निजगढ फस्टट्रयाक नेपालीले बनाउन नसक्ने तर्क गरेका थिए ।

modi 2

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शनिबार हैदरावाद हाउसमा भएको भेटमा निधिले फास्टट्रयाक निर्माणको जिम्मा जसरी भए पनि भारतीय कम्पनीलाई दिने प्रतिबद्धता जनाएको स्रोतको दावि छ ।

modi 1
मोदी र निधिबीच ४५ मिनेट लामो वार्तामा फास्टट्रयाकबारे प्रमुखताका साथ कुराकानी भएको थियो । निधिले यसअघि पनि उक्त काम भारतलाई दिनुपर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए ।

यो भेटसँगै मोदीले दुईवटा ट्वीट गरेका छन । जहाँ उनले नेपालसँगको सम्बन्ध जनस्तरबाटै राम्रो भएको उल्लेख गरेका छन ।यस अगाडि ओली नेतृत्वको सरकार हुँदा सुध्रिन नसकेको सम्बन्ध अहिले मोदीले जनस्थरबाटै सुध्रिएको  भनेर टीवट गरेसँगै आशंका उब्जिएको छ ।
स्मरणीय छ,कांग्रेस सभापति शेरबहादुर देउवाले रणनीतिक महत्व बोकेको काठमाण्डु–निजगढ फास्ट ट्रयाक (दु्रतमाग) नेपालले आफै बनाउनु हुदैन भन्दै दिएको अभिव्यक्तिको अहिले चौतर्फी विरोध छ ।  यसअघिको कांग्रेस सरकारमा निधी मन्त्री हुँदा उनको प्रस्तावमा सो फास्ट ट्रयाक भारतीय कम्पनीलाई दिने निर्णय मन्त्रीपरिषद्बाट पारित समेत भएको थियो । निधि त्यत्तीबेला भौतिक योजना तथा निर्माणमन्त्री थिए ।

One thought on “दिल्लीमा उपप्रधानमन्त्री विमलेन्द्र निधीले खुसुक्क गरे राष्ट्रघाती सहमति
  1. हे काँग्रसी मित्रहरु हो । यस कार्यबाट काँग्रेसमुक्त नेपाल साकार हुनेछ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice