विनोद चौधरी ले पाए यस वर्षको ‘एशियन म्यान अफ द इयर’ अवार्ड

करोड पतिहरुको सुचीमा पर्ने नेपालका एक मात्र व्यक्ति चौधरी गु्रपका अध्यक्ष विनोद चौधरी ले यस वर्षको ‘एशियन म्यान अफ द इयर’ अवार्ड पाएका छन् ।
गत वर्षको विनाशाकारी भूकम्पपश्चात चौधरीले सञ्चलान गरेको मानवीय परोपकारी कार्यहरुको सम्मानस्वरुप अमेरीकी मानवताकादी संस्था ‘वी केयर फर ह्युम्यानिटी’ ले उक्त अवार्ड प्रदान गरेको छ । वी केयर फर ह्युम्यानिटी ले न्युयोर्कमा गरेको आफ्नो तेस्रो शिखर सम्मेलन मा उक्त अवाड प्रदान गरेको हो । binod-chaudhary-11
चौधरीसँगै पूर्व मन्त्रीपरीषद अध्यक्ष खिलराज रेग्मी, तमिलनाडुका मुख्यमन्त्री जयललिता, युगोस्लाभियाका पूर्व राष्ट्रपति स्टेपन मेसिक, केन्याका दशौं उपराष्ट्रपति स्टेफन कालान्जो मुस्योका, इक्वेडरका पूर्व राष्ट्रपति राजालिया आर्टिगालाई पनि विभिन्न विधामा अवार्ड पाएका छन । कार्यक्रम न्यूयोकस्थित संयुक्त राष्ट्रसंघ भवनमा आयोजना गरिएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice