उपप्रधानमन्त्री तथा अर्थमन्त्री महरा स्वदेश फर्किए

काठमाडौं । गत सोमबार ३१ गते चीन भ्रमणमा निस्किएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा आज शनिवार स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री महराले आफ्नो चीन भ्रमण सफल रहेको बताए । साथै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारेमा सकरात्मक सन्देश रहेको जानकारी गराएका  हुन् ।

चिनियाँ प्रधानमन्त्री ली खछ्याङ सँगको भेटमा नेपाल भ्रमणबारे सकारात्मक कुरा भएको र दुइ परराष्ट्र मन्त्रालय एकआपसमा सम्पर्कमा रहनुपर्ने कुरा महराले बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice