तेश्रो लिङ्गीको भीडमा के गर्दैछिन हिसिला यमी ?

नयाँ शक्ति नेपाल पार्टीलाई तेश्रो लिङ्गीहरुको पनि सर्मथन छ । पार्टी घोषणा सभामा होस वा फोहोर सभा गर्दै हिड्दा नेतृ हिसिला यमी उनै तेश्रो लिङ्गीहरुकै साथमा देखिन्छिन । यस्तै दृश्य देखा पर्यो शुक्रवार ।
शुक्रबार देशभरका तेस्रोलिंगीहरु काठमाडौं भेला भए ‘फ्राइडे फेस्टिवल’ मनाउँदै थिए । उनीहरु आआफ्ना जात अनुसारका पहिरन तथा एकदमै फेसनेवल पहिरनसहित आ आफ्नै समूहमा प्रस्तुत भएका थिए ।

x-19883-21.jpg.pagespeed.ic.9vA5hXRI4-
केशरमहल क्षेत्रमा उनीहरुको बाक्लो उपस्थिती बीच मध्याह्न साढे १२ बजे नयाँ शक्ति नेपालकी सचिवालय सदस्य हिसिला यमी त्यही भीडमा टुप्लुक्क देखापरिन् ।र, निलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङले बोकेको झन्डा आफ्नो हातमा लिइन् ।
६ वटा रङका लाइन भएको तेस्रोलिंगीको झन्डा जुरुक्क उठाइन् र गर्वका साथ फोटो खिचाइन्। हिसिलाले भने आफू त्यहाँ उपस्थित हुनुको पछाडि तेश्रो लिङ्गी नयाँ शक्ति पार्टीका सदस्य भएका कारण आफू उनीहरुलाई प्रोत्साहित गर्न यहाँ आएको जवाफ दिएकी छिन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice