ट्रापिकलाई ई–रिक्सा प्रदान गरियो

जनकपुरधाम  । फेयर अटो प्रालि र रति इन्टरप्राइजेज जनकपुरले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई एक थान ई– रिक्सा प्रदान गरेको छ ।

जापानको ‘टेरा मोटर्स’ कम्पनीद्वारा निर्मित सो ई– रिक्सा वातावरण मैत्री रहेको बताइएको छ ।

सो अवसरमा इन्टरप्राइजेजका सञ्चालक इन्जिनियर डा कृष्णचन्द्रप्रसाद साहले सवारी व्यवस्थापनमा देखिएको समस्यालाई ध्यान राख्दै रिक्सा उपलब्ध गराइएको बताएका छन्।

जिल्ला ट्राफिक प्रहरी प्रमुख ज्ञानकुमार महतोले कार्यालयको जिम्मेवारी क्षेत्रमा बढ्दो सवारी चाँपका कारण सवारी तथा यातायातको व्यवस्थापन कार्यमा विद्यमान साधनले अपुग भइरहेकोमा प्रदान गरिएको साधनले सहायक सिद्ध हुने छ उनले भने ।

हाल सो कार्यालयमा एउटा सवारी साधन मात्र रहेको थियो । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice