नेपाली सिनेमाका यि ‘भिलेन’:जस्लाई भेट्दा केटीहरु सुइकुच्चा ठोक्छन !

हिरो/हिरोइनको धेरै फ्यान भेटिएको छ । तर चलचित्रलाई सुन्दर बनाउन महत्वपूर्ण भूमिका खेल्ने भिलेनको फ्यान कतै भेट्नुभएको छ ?  छैन,बरु तिनै भिलेन देख्दा बाटो घाटोमा केटीहरु गुण्डा आयो भन्दै सुईकुच्चा ठोक्छन । यस्ता भिलेन मध्य सुनिल थापा, सुशील पोखरेल, दिनेश शर्मा,रोबिन तमाङ,राजेन्द्र खड्की,यूवराज लामाको नाम चर्चामा छ । यस्तै भिलेन मध्य आज हामी केहीको चर्चा गर्दैछौं ।

सुनील थापा
नेपाली सिने जगतमा राते काँइलाका उपनामले चिनिने सुनीलको खास थर चाहिँ गुरुङ हो । एक समयको हिट चलचित्र चिनोबाट राते काँइलाले भिलेनका रुपमा चिनिएका हुन ।उनको गुण्डागिरी यति बलियो भयो की उनी सुटिङ गर्न गाउ जाँदा गाउका युवतीहरु डराएर भागेका धेरै घट्नाहरु सुन्न पाइन्छ । नेपाली सिने क्षेत्रमा उनलाई नम्बर वान भिलेन मानिन्छ ।

20131205-215650
सुशील पोख्रेल
सुुशील पोखरेल सफल खलनायकको रुपमा परिचित छन् । दर्जनौं फिल्ममा खलपात्रको भूमिका निभाएर सुशील रंगमन्चबाट उदाएका कलाकार हुन ।
दिनेश शर्मा
सुरुमा हिरो भएर काम गरेका दिनेश शर्मा पछि भिलेन बने । नेपाली बाबु, क्रोध , दाग, आर्शिवाद लगातका फिल्ममा भिलेन बनेर काम गरेका छन् ।
रोबीन तामाङ
खसमा रोबीन तमाङ गायक हुन् । उनले छड्के बाट अभिनय यात्रा सुरु गरेका थिए । पहिलो फिल्ममै आफ्नो अभिनयलाई दर्शकले रुचाएपछि उनलाई भिलेनकै रुपमा छड्के, मुखौटा, वान वे, जय पर्शुराममा भिलेनको रुपमा काम गरेका छन् ।
राजेन्द्र खड्गी
सयौँ नेपाली फिल्ममा द्धन्द निर्देशकको रुपमा काम गरेका राजेन्द्र खड्गीले धेरैलाई एक्सन हिरो बनाए पनि आफू भने भिलेन बने । पर्दामा रुखो र डर लाग्दो राजेन्द्रले प्रेम विवाह गरेका हुन । उनका छोरीहरु पनि नेपाली सिने उद्योगमा सक्रिय छन् । राजेन्द्र खड्गी वास्तविक जीवनमै त्वोगान्दो, कराते जस्ता खेलका खेलाडी हुन भने उनले गृह जिल्ला मकावानपुरमा मुक्का प्रहार गरेर राँगा ढालेको प्रसंग कुनै वेला निकै चर्चित थियो । यसबाहेक विर्सनै नमिल्ने भिलेनमा युवराज लामा पनि हुन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice