भारतको मुख्य चासो नागरिकता र निर्वाचन, संविधान संशोधन गर्न प्रचण्ड सरकारलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विशेष दुतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री विमलेन्द्र निधिसँग भारतीय पक्षको मुख्य चासो नागरिकता बनेको छ । मधेसी मोर्चाले उठाउँदै आएको नागरिकता सम्बन्धि मागलाई नै भारतीय पक्षले आफ्नो माग बनाएको छ ।

भारतीय चेलीहरु नेपालीसँग विवाह गर्दा होस या नेपाली चेलीहरुले ज्वाई ल्याउँदा होस । उनीहरुले नेपालको नागरिकता पाउनु पर्ने जिकिर भारतीय विदेशमन्त्री सुष्म स्वराजले गरेकी छिन् । स्वराजले कांग्रेस माओवादी गठबन्धनले मधेसी मोर्चाले उठाएको नागरिकता सम्बन्धी विवाद सुल्झाउनेमा आफु आशाबादी रहेको बताइन । छिट्टै संविधान संशोधन गरी नागरिकता सम्बन्धि विवाद हल गर्न उनले सुझाव पनि दिइन ।

नेपालको वर्तमान संविधानले अंगिकृत नागरिकता पाएको ब्यक्ति राज्यको मुख्य पदमा पुग्न नसक्ने ब्यवस्था गरेको छ । त्यही धारा भारत र मधेसी मोर्चाको मुख्य टाउको दुखाईको बिषय बन्दै आएको छ । भारतीय विदेशमन्त्री स्वराजले त्यसलाई संशोधन गर्न निधिसँग पहिलो सर्त राखेकी छिन् ।

तपाई नयाँ अवतारमा आउनु भएको छ, कांग्रेस माओवादी गठबन्धनले मधेसी मोर्चासँग गरेको तीन बुँदे सहमति सकारात्क छ, स्वराजले भनिन् मधेसी मोर्चाको आन्दोलनमा मारिनेलाई सहिद र क्षतिपूर्ति दिने निर्णय पनि सकारात्मक कदम हो ।

भारतीय विदेशमन्त्री स्वराजको अर्काे चासो छ निर्वाचन । कांग्रेस माओवादी गठबन्धनलाई शक्तिशाली बनाउने गरी निर्वाचनको तयारी थाल्न उनले अर्काे निर्देशनात्मक सुझाव दिएकी छिन् । हालको अवस्थामा निर्वाचन भए, मधेसी मोर्चा, कांग्रेस र माओवादी केन्द्र सवै कमजोर रहेको उल्लेख गर्दै त्यसमा चनाखो हुन आग्रह गरिन ।

Related Posts
Don't miss it
Editors choice