प्रचण्ड सरकार रहेसम्म पार्टीको महाधिवेशन नहुने, राष्ट्रिय सम्मेलनको तयारी

काठमाडौ । प्रचण्ड सरकार रहेसम्म माओवादी केन्द्र पार्टीको महाधिवेशन नहुने भएको छ । महाधिवेशनको सट्टा राष्ट्रिय सम्मेलन गर्ने निर्णय अगाडि बढाएको छ ।

गत जेठ ६ गते १० घटक माओवादी पार्टीहरुले एकता गरेसँगै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै नै पदाधिकारीहरुको चयन र महाधिवेशन गर्ने प्रतिवद्धता पार्टी घोषणा भएसँगै बताएका थिए । तर प्रचण्ड सरकार रहुञ्जेल सम्म पार्टीले महाधिवेशन गर्ने सम्भावना नरहेको माओवादीका एक नेताले जानकारी गराएका हुन् ।

अहिलेसम्म माओवादी महाधिवेशन आयोजक समितिमा २५ सदस्यीय चयन भैसकेका छन् भने जिल्ला जिल्लाबाट सदस्यहरुको नामावली आउन बाँकी नै रहेको छ । यसर्थ, अहिलेसम्म महाधिवेशनको कुनै टुगाें लागेको छैन तर राष्ट्रिय सम्मेलन गरेर छरितो कमिटि बनाउने बारे मात्रै बहस चलिरहेको माओवादी नेता तथा पूर्व कृषि मन्त्री हरिबोल गजुरेलले बताए ।

माओवादी केन्द्रको महाधिवेशन समितिको बैठक आगामी भदौ ११ मा डाकिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice