अर्थमन्त्री महरा नफर्कदै माधव नेपाललाई किन बोलायो चीनले ?

‘केही मान्छेहरुले मुलुकलाई उखान टुक्कामय बनाए, हावादारी सपना बाँडे, आफूले मात्रै सबै गरेको अरुले केही नगरेको समेत भन्न भ्याए । इतिहासमा सफल प्रधानमन्त्रीको नाम लिदा मेरो नाम पनि लिइन्छ, झलनाथ जीको नाममा पनि राष्ट्रवादको छाप लागेकै छ । तर केही मान्छेहरु आफूलाई पूर्ण रुपमा आफूमात्रै पूर्ण भएको गफ लगाएर हिँडेको पनि देखिएको छ ।’

गत साउन ३१ गते धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटिको बैठकमा हो एमाले वरिष्ठ नेता नेपालले यस्तो असन्तृष्टी पोखेका ।

बैठकमा कड्किँदै माधव नेपालले भनेका थिए, “माओवादीको एजेण्डा पनि बोक्न नहुने, उसलाई मिलाएर पनि लैजान नसक्ने जुन हुतीहार प्रवृत्ति नेतृत्वमा देखियो, त्यसैका कारण यो अराजकता सतहमा आएको हो । माओवादीलाई दोष नदिउ उ परक पार्टी हो, ऊ एमालेको भातृ संगठन होइन, तर गठबन्धन तोडिहाल्ने पक्षमा माओवादी थिएन, मैले पनि पटक पटक माओवादीका नेतासँग सम्वाद गरेको छु । उनीहरु गठबन्धनलाई थप बलियो बनाउने पक्षमा नै थिए ।”

Madhav-nepal-going-china

स्थायी कमिटिको बैठकमा सबैभन्दा पहिले माधव नेपालले आफ्नो धारणा राखेका थिए ।
आफ्नै पार्टी अध्यक्षलाई यस्ता छेड प्रहार गर्दै एमाले वरिष्ठ नेता  माधव कुमार नेपाल उत्तरी छिमेकी मुलुक चीन प्रस्तान गरेका छन ।

 

पार्टी स्थायी समितिको बैठक छोडेर एमाले वरिष्ठ नेता माधव कुमार नेपाल विहिवार राती चीन प्रस्थान गरेसँगै एमाले भित्र पराकम्प गएको छ ।

स्थायी समितिको बैठक छोडेर चीन नजान पार्टी अध्यक्ष केपी ओलीले आग्रह गरेपनि निर्धारित कार्यक्रम भएको कारण रद्द गर्न नमिल्दै भन्दै नेपाल चीन गएको एमालेका एक स्थायी समिति सदस्यले बताए ।
सरकार परिवर्तन किन र कसरी भन्ने विषयमा बिगत पाँच दिनदेखि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा एमालेको स्थायी समितिको बैठक जारी रहेको छ ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice