bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/08/30803 ) ) )

देउवा र सिटौलाको गोप्य प्लान,रामचन्द्र पौडेल यता पनि ‘ट्वा’

कोइराला क्याम्पकै विरासत रहेको कांग्रेस  नेतृत्व पहिलो पटक देउवाको पोल्टामा पुग्यो । चुनावमा जुन रणनीति प्रयोग गरी उनले आफू सभापति बिजयी भएका थिए सोही रणनीति भातृसंगठनको निर्वाचनमा समेत प्रयोग गरे ।
तर,देउवाको यो चाल संस्थापन खेमा पनि चिनिएका रामचन्द्र पौडेलहरुले हेक्कै पाएनन । देउवाको त्यो रणनीति थियो सिटौलाको काँधमा बन्दुक राखेर उनले निशाना लगाए । निशाना चुकेन पनि ।

सभापति शेरबहादुर देउवाले पार्टीपछि पार्टीकै सबभन्दा ठूलो विद्यार्थी भ्रातृ संस्था नेविसंघको नेतृत्व पनि हत्याएका छन् ।

उता प्यानलगत उम्मेवदारी लड्दाको फाइदा संस्थापन पक्षले राम्रैगरी उठाएको छ । युवा नेताहरु गगन थापा, प्रदीप पौडेलको साथ पाएपछि अध्यक्ष र महामन्त्रीमा संस्थापन पक्ष विजयी भएको हो । पौडेल पक्षका महामन्त्रीका दुवै उम्मेदवारलाई पछि छोड्दै कुन्दन काफ्ले र सरोज थापा महामन्त्रीमा निर्वा्चित भएका छन् ।

त्यस्तै, सात प्रदेशको तर्फबाट उपाध्यक्षको नतिजा आउँदा पनि संस्थापन पक्षनै हावी देखिन थालेको छ । १ प्रदेशबाट विकास केसी, २ बाट संजय यादव र ४ बाट डिल्लीराम सुवेदी संस्थापन पक्षबाट उपाध्यक्षमा निर्वा्चित भएका छन् । केन्द्रीय सदस्यमा पनि संस्थापन देउवा पक्षले जित्दै गरेको नतिजा आइरहेका छन् ।

nainshing-mahar-23-300x200

महाधिवेशनमा कृष्णप्रसाद सिटौलालाई तेस्रो पक्षमा रुपमा उभ्याउँदै दोस्रो चरणको मतदानमा उनको साथ आफूले लिएका देउवाले सोही सूत्रलाई यसपटक पनि लगाउँदा नेविंघको नेतृत्व आफ्नो पक्षमा पार्न सफल भएका हुन् । भागबण्डाका आधारमा सिटौला पक्षलाई पनि प्रतिनिधि दिएपछि उनीहरुको समेत सहयोगमा देउवाले नेविसंघ कब्जा गरेका हुन् । सभापतिमा निर्वा्चित भएलगत्तै देउवाले नेविसंघको महाधिवेशन ६ महिनाभित्र गर्ने घोषणा गरेका थिए ।

२३ साउनमा सुरु भएपछि प्रतिनिधि विवादका कारण निर्वाचन हुन १० दिन कुर्नुपरेको थियो । तर, जति दिन कुर्नुपरे पनि १३ औं महाधिवेशनमा प्रयोग गरेको सिटौला सूत्र यसपटक पनि प्रयोग गर्दा देउवाले नेविसंघ उल्ट्याएका हुन् ।

पहिले विवाद झिकेको सिटौला निकटको कुन्दन काफ्लेसमूहलाई महामन्त्रीको उम्मेवदार बनाउने र केही प्रतिनिधि दिएर देउवाले आफ्नो पक्षमा पारेका हुन् । यसो गर्दा निर्वा्चित तर्फ कुन्दन पनि विजयी भएका छन् ।

One thought on “देउवा र सिटौलाको गोप्य प्लान,रामचन्द्र पौडेल यता पनि ‘ट्वा’
  1. अब पौड्याल जि ले आराम गर्न पर्‍यो , भेउ पनि नपाउने कसरी नेता हुनु

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice