नविना लामा र ऐन महरको विवाद मिलाउने जिम्मा रविन्द्र अधिकारीलाई

काठमाडौँ, २ भदौ । नेकपा एमाले निकट अनेरास्ववियुका विवाद मिलाउने जिम्मा विद्यार्थी इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य रवीन्द्र अधिकारीलाई दिइएको छ ।अनेरास्ववियुका महासचिव ऐन महरले सचिवालयको कार्य विभाजनबारे देखिएको विवाद मिलाउने जिम्मा विद्यार्थी इन्चार्ज अधिकारीलाई दिएको बताए ।

अध्यक्ष नवीना लामा र महासचिव महरबीचमा सचिवालय सदस्यको कार्य विभाजनबारे विवाद हुँदै आएको छ । विवाद मिलाउने जिम्मा विद्यार्थी इन्चार्जलाई दिएपछि आगामी शनिबार महासचिव महरले बोलाएको भेला स्थगित गरिएको छ ।

अध्यक्ष लामाले विधि प्रक्रिया उल्लङ्घन गरी कार्य विभाजन गरेकाले निर्णय सच्चाउन माग गरेको महासचिव महर वताए । “अध्यक्षले विधान विपरीत कार्य विभाजन गर्नुभएको थियो” उनले भने– “हाम्रो त्यसमा असहमति थियो । कार्य विभाजनसम्बन्धी विवाद विद्यार्थी इन्चार्जले मिलाउने भनेपछि भेला पनि स्थगित गरियो ।”

अध्यक्ष लामाले सचिवालय सदस्यको कार्य विभाजन गरेपछि महासचिव महर असन्तुष्ट बनेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice