bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/08/30771 ) ) )

अरनीको यातायातको दादागिरी: ६ सय बसले सिंहदरवार घेर्ने तयारी

गत सोमबार मात्र अरनीको राजमार्ग भित्र पर्ने काभ्रेको खहरेखोलामा बस दुर्घटना हुँदा ३० भन्दा बढी सर्वसाधरणले ज्यान गुमाए । यात्रुहरुले यसरी ज्यान गमाउनुको पछाडि यातायात व्यवसायीहरुको सिण्डिकेट प्रमुख कारण रहेको सरकारी अधिकारीहरुले निश्कर्ष निकाले र सिण्डिकेट विरुद्ध कडा रुपमा प्रस्तुत हुने तयारीगर्दैथिए ।
सरकारी अधिकारीहरुको यस्तो तयारी चलिरहँदा  विहिवार विहान काठमाडौंवाट रामेछाप, दोलखा, सिन्धुपाल्चोक र ओखलढुंगाको लागि छुटेका अरनीको यातायात बसका यात्रुलाई  धुलिखेलमा ओरालेर अलपत्र पारेको छ ।

बीपी राजमार्ग हुदै रामेछाप जानलाई प्रहरीले रोकेपछि समितिले आफ्ना सम्पूर्ण बस धुलिखेलमा रोकेर यात्रुलाई विच वाटोमै अलपत्र पारेको हो ।

समितिले विगत ३ बर्षदेखि विना रुट परमिट सो वाटोमा सवारी चलाइ रहेको थियो । यसअघि पटके परमिटको आधारमा गाडी चलाउने गरिए पनि विहिवार धुलिखेलवाट नै सो राजमार्गमा बस प्रवेशमा रोक लगाइए पनि समिति आन्दोलित भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले यातायात क्षेत्रको सिन्डिकेट तोड्न पहल गर्ने बताएको भोलिपल्ट नै अरनिको यातायात सेवा समितिले यात्रुलाई विचवाटोमै अलपत्र पारेर सिन्डिकेटको नाङ्गो रुप देखाएको छ ।

‘विहिवार विहान प्रहरीले समितिका गाडीलाई विपी राजमार्ग प्रवेश गर्न दिएन, यसैको विरोधमा हामीले सवै यात्रुलाई धुलिखेलमा ओरालेर सेवा बन्द गरेका छौं,’ सो क्षेत्रमा बस चलाउदै आएका एक बस ब्यवसायीले बताए ।

काठमाडौंवाट टिकट काटेर गएका यात्रुलाई अलपत्र पारेपनि सरकारले कुनै कारवाही गर्न सकेको छैन । अहिले पनि ब्यवसायी र सरकारका प्रतिनिधिविच वार्ता भइरहेको छ ।

यसरी यात्रुलाई अलपत्र पार्दा समेत प्रशासनले कुनै कदम चाल्न सकेको छैन । त्यो खबर विभागीय मन्त्री रमेश लेखकको कानसम्म कहिले पर्दछ ?

बीचवाटोमै अलपत्र यात्रुहरु केही काठमाडौं फर्किएका र केही विकल्प खोजेर गन्तब्यसम्म गएका बताइएको छ ।समितिका पदाधिकारीहरुले भने आफूलाई विपी राजमार्गमा गाडी चलाउन नदिए समिति मातहतमा साढे ६ सय बस रहेको र ती सवै बस राती ल्याएर सिंहदरवार चारैतिरवाट घर्ने चेतावनी दिएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice