भद्रपुरमा आजदेखी विमानलाई इन्धन भर्ने सुविधा

भद्रपुर । झापाको भद्रपुर विमानस्थलमा आजदेखि (बुधवार ) इन्धन भर्ने सुविधा उपलब्ध गराइएको छ ।

नेपाल आयल निगमले सञ्चालन गरेको रिफ्युलिङ केन्द्रको निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले आज यहाँ उद्घाटन गरेका हुन् । विसं २०२० मा स्थापना भएको सो विमानस्थलमा इन्धन भर्ने सुविधा नभएका कारण विमानकम्पनी मारमा परेका थिए ।

सौर्य एयरलाइन्स, बुद्ध र यति एयरलाइन्सका जहाजले यहाँ उडान भर्दै आएका छन् । दैैनिक करिब ३०० ओहोर दोहोर गर्ने सो विमानस्थलमा बारुणयन्त्र, एक्स–रे मेशिन, सिसि टिभिसमेत नभएको भद्रपुर विमानस्थलका प्रमुख पूर्णबहादुर चुडालले बताए।

उक्त अवसरमा आयल निगमका कार्यकारी निर्देशक खड्काले निगमले यस आवमा इन्धन भर्ने सुविधा नभएका विमानस्थलमा उक्त सुविधाको व्यवस्था गर्ने बताएका छन् ।

उद्घाटन कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्री, बुद्ध एयरलाइन्सका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर वस्नेत, सहायक प्रबन्धक गोपाल घिमिरेको उपस्थिति रहेको थियो । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice