विप्लवको धन्दा: चन्दा उठाउदै,महंगो कलेजमा छोरा पढाउदै

महंगो शुल्क लिएको आरोप लगाउदै देशभरको शैक्षिक संस्था तोडफोड र बन्द गराउदै हिड्ने विप्लवका पुत्र नै महंगो भन्दा महंगो कलेजमा अध्ययन गरिरहेको फेला परेको छ ।
माओवादी क्रान्तिकारीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफ्ना छोरा प्रकाशलाई महंगो शुल्क तिर्नुपर्ने चितवन मेडिकल कलेजमा एमबिबिएस पढाइरहेको रहस्य खुलेको हो । उनले चितवन मेडिकल कलेजमा भर्ना हुनका लागि मात्र दश लाख रुपैंया तिरेका हुन । अहिले वार्षिक रुपमा दुई लाख भन्दा बढी रकम सो कलेजलाई तिर्दै आएका छन ।
युद्धकालमा रुकुमको सरकारी स्कुल, आइएस्सी अस्कलमा अध्ययन सकाएका प्रकाशले एमबिबिएस अध्ययन गर्नका लागि मेडिकल कलेजमा भर्ना भएका हुन । उनी आफ्ना बाबुको पार्टीको विद्यार्थी संगठनमा पनि आबद्ध छन्।
महंगो शुल्क लिएको भन्दै सोमबारमात्र काठमाडौँस्थित मोडेल नर्सिङ कलेज, एसएमएस कलेज र शंकरापुर एकेडेमीमा सो समूहले तोडफोड गरेको थियो । तर उनैले आफ्नो छोरालाई दशौं लाख रुपैंया तिरेर महंगो भन्दा महंगो कलेजमा अध्यापन गराइरहेका छन ।

कुनै राजनीतिक ओहदामा नरहेका र देखिने गरी प्रत्यक्ष आम्दानी स्रोत केही नभएका  विप्लवले आफ्ना छोरालाई मासिक रुपमा लाखौं खर्च गरी कसरी र कुन स्रोतबाट अध्ययन अध्यापन गराइरहेका छन भन्ने जान्न कुनै आइतवार कुर्ने पर्दैन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice