bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/08/30595 ) ) )

कावुल घटनाको प्रतिवेदन बुझने यो कुन काइदा हो प्रधानमन्त्रीज्यू ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कावुल घटनाको प्रतिवेदन बुझाउन मंगलबार श्रमसचिव विष्णु लम्साल बालुवाटार पुगे । अफगानिस्तानको काबुलमा १३ जना नेपालीको ज्यान जानेगरी भएको आत्मघाति बम विस्फोटपछि तत्कालिन सरकारले छानिव समिति बनाएको थियो । छानविन समितिले आफ्नो प्रतिवेदन बुझाउन बालुवाटार पुगेको थियो । तर प्रधानमन्त्री दाहालले छानविन समितिको प्रतिवेदन बुझदा समान्य अनुशासन पनि कायम गरेनन् ।

प्रतिबेदन बुझाउँदा अघिल्लो सरकारका श्रममन्त्री तथा वर्तमान सरकारका आपूर्तिमन्त्री दीपक बोहरा पनि पुगेका थिए । समितिले प्रधानमन्त्रीलाई कावुल घटनाको बारेमा विस्तृत जानकारी गराउँदै प्रतिबेदन बुझाउन खोज्यो । तर प्रधानमन्त्री दाहाल भने समान्य अनुशासन पनि कायम नगरे कुर्सीमै बसेर प्रतिबेदन बुझेको तस्विर सिएम प्रचण्ड डटकममा राखिएको छ ।

अघिल्लो सरकारले कावुल घटनाको विस्तृत अध्ययन गर्न ९ असार २०७३ मा कार्यदल गठन गरेको थियो । कार्यदलले  सुरक्षाको प्रत्याभूति भए अफगानिस्तानमा सुरक्षा गार्ड कामदार पठाउन सकिने प्रतिवेदन बुझायो ।

हरेक प्रतिबेदन बुझ्दा समान्य आफ्नो स्थानबाट उठने प्रचलन छ । तर प्रचण्ड मर्यादालाई समेत ख्याल नगरी आफ्नै कुर्सिमा बसेर प्रतिवेदन बुझे र त्यसैगरी तस्विर खिचाए । प्रतिवेदन बुझेपछि प्रचण्डले भने ‘प्रतिवेदन अध्ययन गरेर यसबारे मन्त्रीपरिषदको बैठकमा छलफल गरी निर्णय लिइने छ ।’

पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन हुनु पूर्व दलहरुबीचको विवाद सुल्झाउन सभामुख ओनसरी घर्ती उनको निवास लाजिम्पाट पुगेकी थिइन । त्यहाँ पनि दाहालले मोनिङ वाककै ड्रेसमसा उनीसँग भेटघाट गरेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice