पुलबाट खसेर युवकको ज्यान गयो

सोलुखुम्बु । इखु खोलामा पुलबाट खसेर पावै ६– का एक युवकको मृत्यु भएको छ ।

पावै र वाकुबीचमा पर्ने इखु खोलाको झोलुङ्गे पुलबाट खसेर अन्दाजी २२ वर्षीय गोपाल भुजेलको मृत्यु भएको हो ।

सोमबार साँझ पावैबाट कुखुराको अन्डा लिएर वाकुतर्फ जाँदै गर्दा पुलबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख माधवप्रसाद बुढाथोकीले जानकारी गराएका छन। इ

लाका प्रहरी कार्यलय सोताङबाट गएको प्रहरी टोलीले शव आफन्तको जिम्मा लगाएको छ । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice