नेप्से लगातार ओरालो

काठमाडौँ    । धितोपत्र बजारमा सेयरको मूल्य घट्ने क्रम आज पनि जारी छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३९।१२ अङ्कले घटेर एक हजार ६९४।८१ अङ्कमा कायम भएको छ । यस्तै ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ८।३८ बिन्दुले कमी आएको छ ।

स्टकका अनुसार बैङ्किङ २।५, होटल ३।७, विकास बैंक २।११, जलविद्युत् १।९८, फाइनान्स ०।३३, बिमा २।८ र अन्य समूहको सेयर १।२ प्रतिशतले कमी आएको छ । कुल १४१ कम्पनीको २४ लाख १७ हजार २०५ कित्ता सेयर रु एक अर्ब १९ करोड २९ लाख ४९ हजार ७६९ मा कारोबार भएको स्टकले जनाएको छ ।

स्टकका अनुसार राष्ट्रिय वाणिज्य बैंक, एभरेस्ट बैंकको कारोबार भने बढी भएको छ । करिब एक हजार ९०० बिन्दुमा पुगेको नेप्से परिसूचक करिब ३०० बिन्दुले कम भई एक हजार ६९४ बिन्दुमा पुगेको हो । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice